रुसले युद्धको सबैभन्दा धेरै १०० भन्दा बढी युक्रेनी मानव रहित यान खसालेको दावी

इनेप्लिज २०८१ असोज १३ गते १५:०० मा प्रकाशित

रुसले युद्धको सबैभन्दा धेरै १०० भन्दा बढी युक्रेनी मानव रहित यान खसालेको दावी गरेको छ ।

रुसमाथि आइतवार १०० भन्दा बढी युक्रेनी मानव रहित यान (ड्रोन)हरू प्रहार गरिएको तर त्यसलाई खसालेको रुसले बताएको छ । मस्कोले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेदेखि रुसी आकाशमा देखिएको सबैभन्दा धेरै युक्रेनी ड्रोन (मानव रहित यान)मध्ये एउटा आवासगृहको एक भवन (अपार्टमेन्ट ब्लक)मा खस्दा आगो लागेको छ ।

रुसको रक्षा मन्त्रालयले सात क्षेत्रमा रातभरि भएको आक्रमणमा १२५ मानव रहित यान (ड्रोन )खसालेको जानकारी दिएको छ । भोल्गोग्राडको दक्षिणपश्चिमी क्षेत्र विशेष गरी ठूलो आगो लागेको थियो जसमा ६७ वटा युक्रेनी मानवरहित यान (ड्रोन)हरू रुसी वायु सुरक्षाद्वारा खसालेका थिए।

रूसको भोरोनेझ क्षेत्रमा पनि १७ ड्रोन(मानव रहित यान )खसालेको दावी गरिएको छ । त्यस्तै रूसको रोस्तोभ क्षेत्रमा थप १८ वटा मानवरहित यान खसालिएको छ ।

त्यहाँका गभर्नरले आगोले जनसङ्ख्या भएका क्षेत्रमा कुनै खतरा नरहेको तर २० हेक्टर (४९.४ एकड) जङ्गलमा लागेको आगो निभाउन आपतकालीन सेवाहरू खटिरहेको बताए।

युक्रेनी सैन्य नेताहरूले मस्कोले युक्रेनको दक्षिणमा नयाँ सैन्य आक्रमणको तयारी गरिरहेको चेतावनी दिएपछि दक्षिणी युक्रेनी शहर जापोरिझियामा रातभरिको आक्रमणमा १६ जना सर्वसाधारण घाइते भएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि जापोरिजिया आक्रमणले शहरको यातायातमा पनि क्षति पुगेको बताए। रुसले जापोरिजियामा हवाई बमले प्रहार गरे पछि आवासीय भवनमा क्षति पुगेको छ ।

युक्रेनको वायुसेनाले पनि रातभरि २२ रुसी ड्रोन प्रक्षेपण गरेको तर १५ वटालाई खसालिएको जनाएको छ ।

प्रतिक्रिया