अध्यावधिक गरिएको : अमेरिकाको ५ वटा राज्यहरुमा आएको समुन्द्री आँधीबाट कूल मृत्यु हुनेको संख्या ४५ पुग्यो,१० वटा राज्यहरुमा ४५ लाख मानिसहरु अन्धकारमा बस्न बाध्य

इनेप्लिज २०८१ असोज १२ गते १:३६ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको ५ वटा राज्यहरुमा आएको समुन्द्री आँधीबाट कूल मृत्यु हुनेको संख्या ४५ पुगेको छ । १० वटा राज्यहरुमा ४५ लाख मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् । बिद्युत बिच्छेद भएको छ ।

समुन्द्री आँधी हेलिनले केही स्थानहरुमा तहस नहस गरेको छ । घरहरू छाना उडाएका छन् भने बाढीको पानीबाट मानिसहरूलाई बचाउन उद्धार टोली अहोरात्र उद्धार गरि रहेका छन् ।

श्रेणी ४ मा आएको आँधीले दक्षिणी जर्जियाका केही अस्पतालहरूमा बिजुली बिच्छेद गरेको छ । गभर्नर ब्रायन केम्पले भग्नावशेष हटाउन आह्वान गरेका छन् । फ्लोरिडाको ग्रामिण क्षेत्रमा बिहीबार ढिलो आएको समुन्द्री आँधी १४० माइल प्रतिघण्टा (२२५ किलोमिटर) को गतिमा जमिनमा आए पछि अझ ठूलो क्षती पुर्याएको छ ।

अहिले सम्म साउथ क्यारोलाइनामा १९ जना ,जर्जिया राज्यमा १५ जना ,फ्लोरिडामा ८ जना ,नर्थ क्यारोलाइनामा २ जना र भर्जिनियामा १ जनाको ज्यान गएको सिएनएनले लेखेको छ ।

मुडीज एनालिटिक्स भन्ने संस्थाले करिव १५ देखि २६ बिलियन डलर बराबरको सम्पत्ति क्षति हुन् सक्ने जनाएको छ । टेनेसीमा ५४ जना मानिसहरूलाई युनिकोई काउन्टी अस्पतालको छतमा सारिएपछि उदग्रबिमान (हेलिकप्टर)द्वारा जोखिमपूर्ण उद्धार गरिएको छ ।

पानी बढ्दै जाँदा सुविधामा द्रुत रूपमा बाढी आए पछि सबै कर्मचारी र बिरामीहरूलाई उद्धार गरिएको थियो । शुक्रवार दिउँसो सम्म अस्पतालमा कोही पनि नभएको अस्पतालले बताएको छ ।

बाइडेन प्रशासनले हेलिन आँधीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न १,५०० भन्दा बढी संघीय कर्मचारी परिचालन गरेको उपराष्ट्रपति कमला ह्यारिसले एरिजोनाको डग्लसको दक्षिणी सीमामा बोल्दै पत्रकारहरूलाई बताइन्।

त्यस्तै फ्लोरिडा र जर्जिया आउने वा प्रस्थान गर्ने धेरै एमट्र्याक रेलगाडी (ट्रेन)हरू रद्द गरिएको छ।

प्रतिक्रिया