राष्ट्रसंघको बैठकमा आएको समयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई भेट गरेका छन् । उनले थप अमेरिकी सहायता र हतियारको लागि तत्काल अपील गरे ।
जेलेन्स्कीले बाइडेन र ह्यारिससँग व्हाइट हाउसमा छुट्टै बैठकहरू गरे ।
जेलेन्स्कीले बुधवार न्यूयोर्कमा संयुक्त राष्ट्र महासभालाई सम्बोधनमा बाइडेन प्रशासनले आफ्नो राष्ट्रलाई थप हतियारले सुसज्जित गर्नुपर्छ र आफ्नो सेनालाई रूसमा गहिरो प्रहार गर्न अधिकार दिनुपर्छ भने तर्क गरेका छन् ।
अमेरिकी गुप्तचर सँस्थाहरुले यदि अमेरिका र यसका सहयोगीहरूले युक्रेनलाई रूसमा लामो दूरीको क्षेप्यास्त्रहरू प्रहार गर्न अनुमति दिएमा रुसले ठूलो बल प्रयोग गर्ने सम्भावना रहेको निष्कर्ष निकालेका छन् ।
“इतिहासले हामीलाई सम्झाउँछ, र इतिहास हामीलाई सम्झाउनको लागि स्पष्ट छ, संयुक्त राज्य अमेरिकाले आफूलाई बाँकी संसारबाट अलग गर्न सक्दैन र गर्नु हुँदैन । ,” उपराष्ट्रपति कमला ह्यारिसले भनिन ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरुलाई जानकारी दिदै उनले युक्रेनी राष्ट्रपतिसँग शुक्रबार न्यूयोर्कमा भेट्ने बताएका छन् ।
“राष्ट्रपति जेलेन्स्कीले मसँग भेट्न आग्रह गरेका छन् , र म उहाँसँग भोलि बिहान करिब ९ः४५ बजे ट्रम्प टावरमा भेट गर्नेछु,” ट्रम्पले ट्रम्प टावरमा सम्बोधन गर्ने क्रममा भने।
प्रतिक्रिया