ईनास मेरील्यान्डले नेपाली समुदायका वालवालिकाका लागि वाल प्रतिभा प्रस्फुटन कार्यक्रमको आयोजना गर्दै ,प्रथम पुरस्कार ७५० डलर ,द्वितीय ५०० डलर र तृतीय २५० डलर प्रदान गरिने

इनेप्लिज २०८१ असोज ७ गते २२:४८ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली कलाकार समाज मेरील्यान्डले नेपाली समुदायका वालवालिकालाई मध्येनजर गर्दै वाल प्रतिभा प्रस्फुटन कार्यक्रम ( किड्स ट्यालेन्ट शो ) गर्ने भएको छ ।

ईनाश मेरिल्यान्डले जनाए अनुसार बाल्टिमोर वरपर रहेका नानी वावुहरूलाई कार्यक्रममा सहभागी गराईने छ । कार्यक्रममा अमेरिकामै जन्मेका दोश्रो पुस्ताका नेपाली वालवालिकालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

वाल प्रतिभा प्रस्फुटन कार्यक्रम रहेकोले नानी वावुहरूमा रहेको कुनै पनि प्रतिभा जस्तै गायन,कविता,चित्रकला ,नृत्य, वक्तृत्वकला प्रस्तुत गर्न सक्ने छन । नेपाली कलाकारको वाहुल्यता रहेको शहरमा आयोजना हुने उक्त कार्यक्रममा आफ्ना नानीवावुलाई सहभागी गराई सहयोग गर्दिनु हुन ईनास मेरिल्याण्ड ले सबैलाई अनुरोध गरेको छ ।

आयोजकका अनुसार डिजिटल अडिसन शुरू हुने मिती अक्टोबर १ रहेको छ भने अडिसन अन्त हुने मिती अक्टोबर १८ राखिएको छ ।

साथै १६ वर्ष मुनिको सहभागी संख्या एकल (१) प्रतियोगीले प्राप्त गर्ने समय ३-५ मिनेट रहने छ । र ,भेषभूषा नेपाली पोशाकमा सहभागी हुनु पर्नेछ । विधा -कुनै पनि गायन ,नृत्य ,चित्रकला ,वक्तृत्वकला ,अभिनय, खेल आदी लगायतमा सहभागीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने छन् ।

आयोजकका अनुसार प्रथम हुनेलाई ७५० डलर,द्वितीय हुनेलाई ५०० डलर र तृतीय हुनेलाई २५० डलर प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट १० सहभागीलाई $१०० प्रदान गरिने छ ।

थप जानकारीको ४१०८९२५२१६ ( लक्ष्मण पौडेल ) ४१०५१३४१०० ( शान्ती भण्डारी ) ६६९२९२८७८३( सज्जन वोहोरा ) ४४३५१८८२६२ ( खिम मस्रांगी )लाई सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया