डिसी क्षेत्रकी उदाउदी कलाकार तथा मोडल( प्रतिरुप) कला न्यौपानेद्वारा टेक्ससमा आयोजित भेषभूषा प्रदर्शनीमा बेजोड प्रस्तुती

इनेप्लिज २०८१ असोज ५ गते १३:०५ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्दै आएकी होनहार तथा उदाउदी कलाकार तथा मोडल( प्रतिरुप/नमूना) कला न्यौपानेले गत आइतबार टेक्ससको ड्यालसमा सम्पन्न आयोजित भेषभूषा प्रदर्शनीमा बेजोड प्रस्तुती गरेकी छिन् ।

न्यौपाने त्यस समारोहमा सहभागी हुन् डिसी क्षेत्रबाट टेक्सस पुगेकी थिइन् । उनले सहभागी पछि आफूले प्रथम प्रस्तुती गर्न पाएकोमा खुसी व्यक्त गरेकी छिन् । उनले सहभागिताले आफूलाई आत्मविश्वास दिलाएको र मनोरंजन प्राप्त भएको ईनेप्लिजलाई बताइन ।

टेक्ससको ड्यालस स्थित रनवे रेनडेभू फेशन सो नामक कार्यक्रममा उनले सहभागिता जनाएकी हुन् । उनि उक्त समारोहमा जे रोमेरियो ,लुकास आइबारा तथा नुमा गुरुङको साजसिङ्गार प्रदर्शनी (फेशन शो)मा उनले प्रदर्शनी गर्न पाएकोमा आयोजकलाई धन्यबाद दिएकी छिन् ।

उनले त्यहाँ प्रयोग गरेका वस्त्रहरुमा क्रमस रातो वस्त्र जे रोमारियो,कालो ज्याकेट (बाहुवस्त्र) तथा जामा (स्कर्ट) लुकास आइबारा तथा कालो वस्त्र तथा बाहुला नभएको बक्खु जस्तो प्रकारको लुगा नुमा गुरुङको भएको बताइन ।

त्यस्तै उनलाई शृंगारगर्ने कलाकारमा एडम सि तथा कपालको साज सज्जा एनडि सेन्टजेम्सको रहेको थियो । त्यस्तै समरोहमा जेडेन सनले तस्बिर कैद गरेका थिए ।

प्रतिक्रिया