पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति न्यु योर्कको लङ आइल्याण्डमा आयोजित आमसभामा भीडलाई उनि स्प्रिंगफिल्ड, ओहायो जाने बताए । जुन शहरमा उनले दुई हप्ता अघि कमला ह्यारिससँगको बहसमा हेटीका मानिसहरूले कुकुर, बिराला अन्य घरपालुवा जनावरहरू खाई रहेको दाबी गरेका थिए ।
दाबी गर्न साथ कार्यक्रम संचालक पत्रकारले दाबीको खण्डन गरेका थिए । “म स्प्रिंगफिल्ड जाँदैछु, र ,म अरोरा जाँदैछु,” उनले र्याली(आमसभा)मा सहभागीहरूलाई भने। उनी अर्को दुई हप्ता भित्र जाने योजना रहेको बताए ।
साथै उपराष्ट्रपतीका उम्मेदवार जेडी भान्सले लगातार हेटीका अप्रमाणित आप्रवासीहरूलाई सामाजिक सेवाहरू घटाउने मुद्दा उठाए।
“कमला ह्यारिसले २०,००० हेटीका आप्रवासीहरूलाई एउटा सानो ओहायो शहरमा छोडिन , र अराजकता उत्पन्न भएको छ,” भ्यान्सले सामाजिक संजाल एक्स (X )मा पहिले टिप्पणी उठाएका थिए ।
ट्रम्पको बुधवार राति लङ आइल्याण्डको आमसभाको कारण ब्लु स्टेट अर्थात् डेमोक्र्याटहरुको राज्य न्यूयोर्कका मतदाताहरूलाई अपील गरे । बुधवार ट्रम्पको यो राज्यमा दोस्रो आमसभा थियो। भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने कि नोभेम्बरमा ह्यारिसको जितले न्यूयोर्कलाई तेस्रो विश्वको राष्ट्रमा परिणत गर्ने बताए ।
ट्रम्पले कट्टरपन्थीले डेमोक्र्याट राजनीतिज्ञहरू र नक्कली समाचार संचार माध्यमलाई नकारात्मक टिप्पणी गरे । मन्तब्य राख्दै उनले भने तपाईहरुका विपक्षीहरूले अमेरिकालाई तानाशाहीमा परिणत गर्ने दाबी गर्न बन्द गर्ने समय हो । म लोकतन्त्रको लागि खतरा होइन। तिनीहरू हुन् अर्थात् डेमोक्र्याटिकहरुलाई आरोप लगाए ।
प्रतिक्रिया