युक्रेनद्वारा रुसको सैन्य भण्डारमा भीषण आक्रमण, विशाल विस्फोट

इनेप्लिज २०८१ असोज २ गते १६:५२ मा प्रकाशित

युक्रेनले रुसको टोरोपेट्सको सैन्य भण्डारमा भीषण मानवरहित यान( ड्रोन )आक्रमण गरी ठूलो विस्फोट गराएको छ।

युक्रेनले रुसको भित्री भागमा रहेको एउटा सहरमा रहेको एउटा ठूलो सैन्य भण्डारमा रातभरि आक्रमण गरेको छ ।

 ठूलो आगो लागे पछि केही स्थानीय बासिन्दाहरूलाई खाली गर्न भनिएको रुसी सॅचाक माध्यमहरुले समाचार लेखेका छन्।

युक्रेनले मस्कोबाट २४० माईल उत्तरपश्चिममा र युक्रेनको सिमानाबाट ३०० माइल टाढा रुसको टभर क्षेत्रको सहर टोरोपेट्समा रहेको सैन्य गोदामहरू ध्वस्त भएको युक्रेनले दाबी गरेको छ।

यो आक्रमण युक्रेनको सुरक्षा सेवा, युक्रेनको गुप्तचर र विशेष कारवाही बलको सयुक्त प्रयासमा गरिएको युक्रेनले जनाएको छ । रुसी सरकारी समाचार सॅस्था आरआईए नोवोस्तीका अनुसार वायु रक्षा प्रणालीले करिब ११,००० जनसंख्या भएको टोरोपेट्समा “ठूलो मानवरहित यान आक्रमण” लाई रोक्न काम गरिरहेको जनाएको छ।

सॅस्थाले आगलागी भएको र केही स्थानीय बासिन्दाहरूलाई बाहिर निकालेको पनि बताएको छ ।

आक्रमणबाट कुनै मानवीय क्षति भएको वा नभएको बारे तत्काल कुनै जानकारी आई नसकेको सिविएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया