राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूलाई प्रतिबन्ध लगाउने चेतावनी अनुसार कदम चालेको छ।
अमेरिकी विदेश सचिव मार्को रुबियोले बिहीबार चार जना न्यायाधीशमाथि प्रतिबन्धको घोषणा गर्दै उनीहरूलाई “अवैध र आधारहीन कारबाही” मा संलग्न रहेको आरोप लगाए।
रुबियोले एक कडा वक्तव्य जारी गर्दै भने, “आइए सएस राजनीतिकरणमा फसेको छ र यसले अमेरिकी नागरिक तथा हाम्रा मित्र राष्ट्रहरू विशेषगरी इजरायल विरुद्ध छानबिन गर्ने अधिकार आफूखुसी दाबी गरिरहेको छ। यो खतरनाक कदमले हाम्रो राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामाथि आघात पुर्याउँछ।”
प्रतिबन्धमा परेका न्यायाधीशहरूमा क्रमस सोलोमी बालुंगी बोसा(युगान्डा),लुज डेल कार्मेन इबानेज कारान्जा(पेरु),रेन एडेलेड सोफी अलापिनी गान्सु(बेनिन) र बेटी होहल(स्लोभेनिया) रहेका छन् ।
यी न्यायाधीशहरूको अमेरिका-स्थित सम्पत्ति रोक्का गरिनेछ र अमेरिकी संस्था तथा व्यक्तिहरूले उनीहरूसँग कुनै पनि आर्थिक, वस्तु वा सेवा लेनदेन गर्न नपाउने छन्।
आइएसएसले तुरुन्त प्रतिक्रिया दिँदै ट्रम्प प्रशासनको निर्णयको “गहिरो भर्त्सना” गर्दै भनेको छ, “यी कदमहरू एक स्वतन्त्र अन्तर्राष्ट्रिय न्यायिक संस्थामाथि हस्तक्षेप गर्ने प्रयास हुन्, जसलाई १२५ देशले समर्थन गरेका छन्।”
आइएसएसको विज्ञप्तिमा थप भनिएको छ, “जवाफदेही खोजिरहेका न्यायाधीशहरूलाई लक्षित गर्नुले द्वन्द्वमा फसेका नागरिकको हित गर्दैन, बरु दण्डहीनतामा विश्वास गर्नेहरूलाई अझ हौसला दिन्छ।”
प्रतिक्रिया