ममता काफ्लेको हत्याका आरोपी नरेश भट्टले धरौटीमा निस्कन पाउँ भन्दै अदालतमा निवेदन ,सेप्टेम्बर १९ मा नरेश पुन : अदालतमा हाजिर हुने

इनेप्लिज २०८१ असोज २ गते ११:०३ मा प्रकाशित

ममता काफ्लेको शव लुकाएको आरोपमा मुद्धा खेपी रहेका नरेश भट्टका वकिलले आगामी सेप्टेम्बर १९ बिहान ९:३० बजे धरौटीमा छुट्न पाउन भन्दै निवेदन हालेका छन् ।

यो निवेदन प्राप्त हुने बित्तिकै नेपाली तथा अन्य समुदायले ममताको पक्षमा र आरोपी नरेश भट्ट हिरासतबाट नछुटुन भन्दै खबरदारी सुरु गरेका छन । आगामी सेप्टेम्बर १९ ,बिहिबारका दिन भर्जिनियाको परिन्छ विलियम काउन्टीको अदालतमा बिहान ९:३० बजे सबैजना भेला हुन् आग्रह गरिएको छ ।

ममता तिम्रो हामी आवाज हौ ,तिम्रो साथमा छौ ,हामी एकढिक्का छौ जस्ता नाराहरु सहित उक्त दिन बिहान अदालत अगाडी जम्मा हुन् आह्वान गरिएको छ ।

बिगत अगस्त १ देखि बेपत्ता भै रहेकी ममता काफ्लेको मुद्धाको कानुनी छलफल तथा परीक्षण डिसेम्वर ९, २०२४ देखि सुरु हुने भएको छ । गत सेप्टेम्बर १६ बिहान ९ बजे भएको सुनुवाईमा नरेश भट्टका वकिलले माग गरेको श्रव्य दृश्य ( भिडियो)बुझाउनुको साथै डिसेम्वर ९,१०,११ र १६,१७ र १८ का दिन नरेश भट्टलाई परीक्षण (ट्रायल )गरिने भएको छ।

न्यायधिशले यो फैसला गरे पछि बीच मै अर्थात् आगामी सेप्टेम्बर १९ बिहिबारका दिन यो नयाँ निवेदन आएको हो ।

अदालतका कागजात अनुसार ममताको शव अहिलेसम्म फेला परेको छैन, तर नरेशले उनको हत्या गरी शव लुकाएको अभियोजकले अभियोग लगाएका छन्।

प्रतिक्रिया