मंगलबार लेबनानमा इरान समर्थित लेबनानी लडाकु समूह हेजबुल्लाहका सदस्यहरूका पेजरहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुका साथै २,८०० जना घाइते भएका छन् ।
बेरुतका लागि इरानका राजदूत घाइते मध्ये एक भएको इरानी सरकारी संचार माध्यमले जनाएको छ ।
हेजबुल्लाहले इजरायललाई दोष लगाएको छ । र ,बदला लिने वाचा गरेको छ जबकि लेबनानी अधिकारीहरूले पेजरहरू भएका नागरिकहरूलाई त्याग्न आग्रह गरेका छन्।
सिएनएनका अनुसार इजरायल रक्षा बल (आईडीएफ) ले टिप्पणी नगर्ने बताएको छ।
यद्यपि, विस्फोट पछिको पहिलो विज्ञप्तिमा आइडिएफले नागरिकहरूलाई दिएको सल्लाहमा कुनै परिवर्तन नभएको बताएको छ।
प्रतिक्रिया