ब्राजिलको साउ पाउलोमा नगर प्रमुखका उम्मेदवार बीच कुर्सी हानाहान हुदा एक उम्मेद्वार घाइते भएका छन्।
साओ पाउलो मेयर पदका उम्मेद्वार होजे लुइज डेटेनाले दूरदर्शन( टिभी) बहसको क्रममा प्रतिद्वन्द्वी पाब्लो मार्सललाई कुर्सीसँग हिर्काए पछि अस्पताल भर्ना गरिएको सिविएसन्यूजले जनाएको छ।
बहसमा उम्मेदवारलाई यौन दुर्व्यवहारको आरोपको सन्दर्भमा उनका पाँच प्रतिद्वन्द्वी मध्ये एकले उनलाई धातुको कुर्सीले हान्दा उपचार गरी सोमबार अस्पतालबाट रिहा गरिएको छ ।
बहसमा तनाव हुदा एक अर्कामा आरोप र प्रत्यारोप र भनाभन भए पछि एक उम्मेद्वार कुर्सीले हानेका थिए ।
बहसको मध्यस्थकर्ताले त्यसपछि तुरुन्तै रोके र कार्यक्रम बन्द गरिएको थियो।
मार्सलको टोलीले उनलाई तुरुन्तै अस्पताल लगेका थिए ।उनलाई सास फेर्न समस्या भएको र शरीरमा दुखाइको महसुस भएको उनले टोलीलाई बताए । उनको करङ मुनि भाँचिएको छ ।
प्रतिक्रिया