अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना हुने दशैं तिहार महोत्सव २०२४ मा ने;नेपालका सर्वाधिक चर्चित गायक प्रमोद खरेल र प्रसिद्ध गायक निमा रुम्बाको प्रस्तुति हुने भयेको छ ।
गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको महोत्सव यस बर्ष आगामी अक्टोबर ५ शनिबारका दिन हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइने तयारी गरिने भएको छ ।
यो बर्ष समेत यो महोत्सव तेश्रो संस्करण हो । यस बर्ष पनि उक्त महोत्सव प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स मनासस आयोजना हुनेछ। गत बर्ष ४,५०० भन्दा मानिसहरुको प्रभावकारी उपस्थिति रहेको थियो भने २०२४ मा पनि अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा सम्झनलायक नेपाली भेला बनाउने आयोजकले संकल्प गरेका छन् ।
डिटीफेस्ट २०२४ अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलाको जीवन्त उत्सव हो। गत बर्ष सफलतापूर्वक सम्पन्न भएको यो महोत्सवको आयोजक ३-ई इन्टरटेन्टमेन्टले रहेको छ ।
यस बर्ष पनि महोत्सवमा रंगीन चङ्गा महोत्सव, प्रेरणादायी कला प्रदर्शनीहरू, विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनका परिकार , हस्तकला, कपडा बिक्रि वितरण लगायत बॉग्त झैँ नेपालका प्रसिद्ध कलाकारहरूको प्रस्तुती रहने छ ।
कार्यक्रमको बिस्तृत जानकारी यस प्रकार छ :
मिति: ४ अक्टोबर २०२४
समय: दिउँसो १२ बजे देखि राति १० बजे सम्म
स्थान: प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, 10624 डम्फ्रिज रोड, मनासस, VA 20112
थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest.comमा थिच्नु होला ।
प्रतिक्रिया