अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलिस शहरको योजना आयुक्त डिल्ली भट्टराई हर्कुलिस शहरको नेपाली मूलको पहिलो नगर प्रमुखको रुपमा विजयको नजिक पुगेका छन् ।
उनलाई उक्त नगरका पाँच जना नगर प्रमुख तथा उप प्रमुख सहित सबै नगर परिसद सदस्यहरुले अनुमोदन गरेका छन् । अर्थात् उनलाई समर्थन गरेका छन् भने साथै उक्त नगरका पूर्व प्रभावशाली नगर प्रमुखहरुको समेत साथ र समर्थन रहेको भट्टराईले ईनेप्लिजलाई बताए ।
क्यालिफोर्निया राज्यमा लामो समय देखि बस्दै आएका नेपाली मूलका सक्रिय र बिभिन्न संघ/संस्थामा आबद्ध सामाजिक अभियन्ता भट्टराई सशक्त रुपमा प्रचार प्रसारमा लागेका छन् ।
उनि गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व पदाधिकारी हुन् भने स्थानीय बिभिन्न संघ/संस्थामा आबद्ध रहेका भट्टराईले आफ्नो पक्षमा वातावरण रामो बन्दै गरेको बताए ।
चुनावी मैदानमा उनि सहित ४ जना डेमोक्र्याटिकका उम्मेदवारहरु रहेका छन् । उनले यस समुदायमा राम्रो काम गर्दै आएकोले आफू बिजयी हुने कुरामा बिश्वस्त रहेको बताए । आफूले घर दैलो अभियान पनि गरि रहेको भन्दै उत्साहजक समर्थन प्राप्त गरेको जनाएका छन् ।
उनले सबै नेपाली समुदायलाई साथ र समर्थन गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया