ट्रम्प बिजयी भएमा सपथ नलिदै युक्रेन र रुसको द्वन्द समाधान गर्ने दाबी

इनेप्लिज २०८१ भदौ २६ गते ११:३६ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिजयी भएमा सपथ नलिदै युक्रेन र रुसको द्वन्द समाधान गर्ने दाबी गरे । आफू निर्वाचित मात्र पनि भए अर्थात् इलेक्ट मात्र भए पनि समाधान गर्ने दाबी गरे । दुवै संग कुरा गर्ने र सपथ नलिदै समाधान गर्ने वाचा गरे ।

त्यस्तै अमेरिकी राष्ट्रपतिय बहसमा उपराष्ट्रपति कमला ह्यारिसलाई इजरायल र हमास बीचको गतिरोध कसरी तोड्ने भन्ने सवाल गर्दा ट्रम्पले ह्यारिसलाई इजरायललाई घृणा गर्ने जवाफ दिए ।

ट्रम्पले अगाडी भने, ‘यदि ह्यारिस आइन् भने इजरायलको अस्तित्व दुई वर्षभित्र समाप्त हुनेछ’ । जवाफमा ह्यारिसले भनिन ‘यो युद्ध तुरुन्तै समाप्त हुनुपर्छ।’ उनले युद्धविराम र दुई-राष्ट्रिय समाधानको बारेमा पनि कुरा उठान गरिन ।

ह्यारिसले बारम्बार इजरायलको सुरक्षालाई समर्थन गर्ने दाबी गरिन् र ट्रम्पको दाबीलाई अस्वीकार गरिन् । उनले भनिन्, ‘सबैलाई थाहा छ कि उनी तानाशाह मन पराउँछन् र उनी पहिलो दिनदेखि नै तानाशाह बन्न चाहन्छन्।’

प्रतिक्रिया