गत सेप्टेम्बर १० मंगलबारका दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फियाको राष्ट्रिय संविधान केन्द्रमा एबीसी न्यूजले अमेरिकी राष्ट्रपतिय बहस कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
डेढ घण्टा सम्म चलेको बहसमा प्रमुख नीतिगत मुद्दाहरूमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच तनावपूर्ण बहस हुन् पुग्यो । एक अर्कामा आरोप र प्रत्यारोप लगाउनुको साथै आफ्ना विचार र योजना समेत दुवैले समय बिताए ।
ह्यारिसले आफूले बिगतमा गरेका कामको अभिलेख सहित नयाँ पुस्ताको रूपमा चित्रण गर्न खोजिन तर ट्रम्पले उनलाई कट्टरपन्थी डेमोक्र्याटको रूपमा चित्रण गर्ने प्रयास गरे । बाइडेन प्रशासनको आलोचना गर्न जारी राखे। ह्यारिसले ट्रम्पलाई प्रारम्भिक रक्षात्मक रूपमा प्रस्तुत गरिन ।
उपराष्ट्रपतिले ट्रम्प विरुद्ध आक्रमण गर्न कुनै समय बर्बाद गरिनन् । तर ट्रम्पले ह्यारिसले विचार र योजना राख्ने बित्तिकै त्यस्तो नकारात्मक टिप्पणी गरि हाल्थे ।
ह्यारिसले ट्रम्पको आम सभामा सहभागीहरुले लामो भाषण गर्ने हुनाले आमसभा छोड्ने औल्याईन। ट्रम्पले तुरुन्तै आफ्नो आम सभाको भीडको बचाउ गर्दै राजनीतिक इतिहासमा “सबैभन्दा ठूलो” र “सबैभन्दा अविश्वसनीय” जुलुसहरू आफ्नो आम सभामा हुने दाबी गरे ।
बहसमा ट्रम्पले आफ्नो विरुद्ध लागेका प्रत्येक मुद्दाहरु सबै अस्वीकार गरे । ट्रम्पले बहसमा अमेरिकामा सबैभन्दा खराब मुद्रास्फीति र डरलाग्दो अर्थतन्त्र रहेको आरोप लगाए ।
प्रतिक्रिया