हवाईमा अवैध पदयात्रामा संलग्न १४ जना पक्राउ परेका छन् ।
हवाईको सबैभन्दा विवादास्पद प्राकृतिक स्थल एक पटक फेरि चिन्ताको केन्द्र बनेको अधिकारीहरूले बताएका छन् । प्रहरी अधिकारीहरुका अनुसार ओआहु टापुमा पदयात्रा सीढीहरूमा पहुँच गरेकोमा हालै १४ जनालाई पक्राउ गरिएको छ।
द्वितीय विश्वयुद्धको समयमा अमेरिकी नौसेनाद्वारा निर्मित गरिएको उक्त स्थलमा १४ जनाले अवैध रुपमा सिढी चढे पछि पक्राउ गरिएको हो । दुर्गम क्षेत्रमा अवस्थित सीढीहरू खतरनाक र निषेधित भएको र पदयात्रामा संलग्न भएका पदयात्रीहरुलाई कारवाही गरिने अधिकारीहरूले जनाएका छन् ।
गत हप्तामा पक्राउ परेका सबै व्यक्तिहरूलाई आपराधिक घुसपैठको आरोप लगाइएको छ । उनीहरुलाई ३० दिन सम्म कैद हुन् सक्ने सिएनएनले जनाएको छ । सेप्टेम्बर ३ मा १४ मध्ये आठ जना पक्राउ परेका थिए ।
प्रतिक्रिया