अत्यन्तै ताजा समाचार : अश्लिल चलचित्रकी कलाकारलाई गोप्य पैसा लगायत ३४ वटा अपराधमा दोषी ठहर भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सजाय अब चुनाव पछि मात्र सुनाइने भएको छ ।
गत शुक्रबार न्यूयोर्कका न्यायधिशको उक्त फैसला गरेका हुन् । अब सेप्टेम्बर १८ मा आपराधिक मुद्धाको फैसला नोभेम्बर २६ सम्मलाई सजाय स्थगित गरिएको छ ।
न्यु योर्कका एक न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक मुद्दामा सजाय सुनाउने मिति दोस्रो पटक ढिलाइ गरेका छन् । अर्थात् ट्रम्पलाई उनको “हश मनी” अर्थात् चुप लगाउन दिएको गोप्य रकम मुद्दामा दोषी ठहरिए पनि आगामी नोभेम्बर ५ मा हुने आम निर्वाचन पछि मात्र सजाय तोकिने भएको छ ।
ट्रम्पलाई यस मुद्दामा सेप्टेम्बर १८ मा सजाय सुनाउने कार्यक्रम तय गरिएको थियो। उनका वकिलहरूले अगस्त १४ मा उनको सजायलाई राष्ट्रपति चुनाव पछिसम्म फिर्ता लिन आग्रह गरेका थिए ।
न्यायाधिश जुआन मर्चनले गत शुक्रबार नोभेम्बर २६ सम्मको सजाय स्थगित गर्ने आदेश दिएका छन्। मर्चनले अदालत निष्पक्ष र अराजनीतिक संस्था हो भनि आफ्नो टिप्पणी लेखेका छन् ।
ट्रम्पलाई गत मे महिनामा न्यूयोर्कमा एक सर्वसम्मत निर्णायक मण्डलले फर्जी व्यापार अभिलेख (रेकर्ड)को ३४ वटा अपराधमा दोषी ठहर गरेको थियो।
ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनाव अघि वयस्क चलचित्रकी कलाकार स्टोर्मी डेनियललाई १,३० ,००० “हश मनी” अर्थात् अति गोपनीय रुपमा रकम बिधुतिय माध्यमबाट रकम दिएका थिए ।
ट्रम्पलाई मूलतः जुलाई ११ मा सजाय सुनाइने भनिएको थियो, तर राष्ट्रपतिको उन्मुक्तिमा सर्वोच्च अदालतको ऐतिहासिक निर्णयपछि उनले आफ्नो सजायलाई खारेज गर्ने प्रस्ताव दायर गरेपछि त्यो मिति पछाडि सारिएको थियो । त्यस पछि सेप्टेम्बर १६ मा सजाय सुनाइने थियो । तर अब त्यो नोभेम्बर २६ मा सजाय सुनाइने छ ।
प्रतिक्रिया