अमेरिकाको मेरिल्याण्ड राज्यको रिगल चलचित्र मन्दिरमा आयोजित नेपाली कलाकार राजश्री श्रेष्ठले अभिनित बलिवुड चलचित्रको प्रथम प्रदर्शन(प्रिमियर) ऐतिहासिक रुपमा सम्पन्न भएको छ । उक्त प्रथम प्रदर्शन (प्रिमियर)मा बलिवुडकी चर्चित कलाकार अमिशा पटेल तथा मोहम्मद अलीकी पत्नी तथा बलिवुडकी निर्माता तथा निर्देशक मामा अलि दुवै प्रमुख अतिथि/बिशेष अतिथिको रुपमा उपस्थित भएका थिए ।
गत सेप्टेम्बर २ सोमबारका दिन सम्पन्न उक्त प्रिमियर (प्रथम प्रदर्शन)मा सबै बक्स अफ़िसको टिकट बिक्री भएको थियो । राजश्री श्रेष्ठले अभिनय गरेको चलचित्र मिराकल नामक चलचित्रकी निर्देशक रिमा कपानी हुन् । उक्त चलचित्र १ घण्टा २० मिनेटको रहेको उक्त चलचित्रमा नेपाली कलाकार राजश्रीको मुख्य भूमिका रहेको छ भने नायकमा पाकिस्तानी कलाकार सायद महमुद शाह रहेका छन् । चलचित्र अंग्रेजी भाषामा निर्माण गरिएको छ ।
चलचित्रको मुख्य सन्देश राम्रो गरेमा राम्रो हुने अर्थात् राम्रो कर्म गरेमा राम्रो फल आउने भन्ने चित्रण गरिएको छ । प्रथम प्रदर्शन पछि अब यो चलचित्र नेटफ्लिक्स र एमाजोन प्राइममा पनि हेर्न पाइने छ ।
यो चलचित्रको निर्माता इको ड्रिम्स प्रोडक्सनको रहेको छ । नेपाली मूलकी राजश्रीले अभिनय गरेको म्युजिक भिडियो (संगीत श्रब्य )को तुम हि तुम हो जी सिनेमामा प्रदर्शन हुने घोषणा गरियो । उक्त चलचित्र हेर्न करिव ७०० भन्दा बढी दर्शकहरु आएका थिए । अब यो चलचित्र आगामी नोभेम्बरमा भर्जिनियाको चलचित्र मन्दिरहरुमा प्रदर्शन हुनेछ ।
अमिशा पटेलले एक महिलाद्वारा निर्देशित चलचित्रमा आफू संलग्न हुन् पाउदा हर्ष व्यक्त गरिन । आफू सधै आफ्नै चलचित्रको प्रथम प्रदर्शनमा जाने तर पहिलो पटक अरु चलचित्रको प्रदर्शनमा सहभागी भएको बताईन । साथै उनले बधाई पनि दिईन ।
मामा अलिले सबै कलाकारहरुसँग भेटघाट गर्दै सबैको अभिनयबाट प्रभावित भएको र आगामी दिन उनका हलिवुडका परियोजनामा सम्भव भएमा सम्भावना भएका कलाकारहरुलाई समेट्ने समेत आश्वासन दिएकी थिइन् ।
प्रतिक्रिया