ममताका पति नरेश भट्टले बेचेको टेस्ला गाडी प्रहरीको कब्जामा , थप प्रमाणहरू फेला पारेको प्रहरी प्रमुखको दाबी

इनेप्लिज २०८१ भदौ १३ गते १:१२ मा प्रकाशित

ममता काफ्लेका पति नरेश भट्टले बेचेको टेस्ला गाडी प्रहरीको कब्जामा रहेको छ । गत मंगलबार ममताको घरमा पुन खोजी गर्दा थप प्रमाणहरू फेला पारेको मनासस पार्क प्रहरीका प्रमुखले बताएका छन् ।

ममता काफ्लेलाई अगस्त १ देखि अझै सम्म पनि कसैले देखेको र भेट्टाएको छैन । उनका पति नरेश भट्टलाई अगस्त २२ मा ‘शव लुकाएको’ अभियोग लगाइएको छ । उनी अगस्त २३ र अगस्त २६ मा प्रिन्स विलियम अदालतमा हाजिर भएका थिए। अगस्त २९ ,बिहिबार बिहान ममताका पति नरेश भट्ट फेरि अदालतमा हाजिर हुने छन् ।

अभियोजकहरूले नरेश भट्टलाई हत्याको आरोप लगाउन प्रमाण पेश गरेका छैनन्, र उनले आफ्नी श्रीमतीको हत्या गरेको अझै पनि स्वीकार गरेका छैनन्।

मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले डब्लुयुएसए९ लाई आफ्ना जासुसहरुले थुप्रै कुरा पत्ता लगाएको बताए । हामीले थप प्रमाणहरू फेला पारेको बताए तर दुर्भाग्यवश खुलासा गर्न नसक्ने बताए । भोली उनले अदालतमा थप प्रमाणहरु बुझाउने अपेक्षा गरिएको छ ।

नरेशले कार बेचे तर हामीसँग कार (गाडी )कब्जामा छ जुन हामीले यसलाई फिर्ता लिन सक्षम भयौ ,प्रमुख लुगोले भने।

प्रतिक्रिया