हमासद्वारा पछिल्लो युद्धविराम सम्झौतालाई अस्वीकार

इनेप्लिज २०८१ भदौ १० गते ११:२० मा प्रकाशित

हमासले पछिल्लो युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ ।

हमास नेता ओसामा हमदानले एक विज्ञप्ति जारी गर्दै हमासले युद्धविराम प्रस्तावको पछिल्लो पुनरावृत्तिलाई लिखित रूपमा स्वीकार नगर्ने संकेत गरेका छन्।

हमासले जुलाई २ देखि इजरायलले थपेका परिवर्तनहरू बारेमा बिरोध जनाएको छ । हमासले रफाह सीमा नाकाको गैर-प्यालेस्टिनी नियन्त्रणको प्रस्तावमा पनि आपत्ति जनाएको छ।

हमासले नयाँ शर्त प्रस्तावमा रहे सम्म युद्धविराम वार्तामा नफर्किने हमासले बताएको छ ।

प्रतिक्रिया