मनासस भर्जिनियामा बेपत्ता भएकी ममता काफ्लेको सम्झनामा प्रार्थना र शान्तिपूर्वक सामुदायिक भेलाको आयोजना,अधिकांश वक्ता र दर्शक भावुक

इनेप्लिज २०८१ भदौ ८ गते २१:२९ मा प्रकाशित

अमेरिकाको भर्जिनिय राज्यको मनासस पार्क बसोबास गर्ने बेपत्ता भएकी स्वास्थ्य परिचारिका (नर्स)ममता काफ्लेको सम्झनामा प्रार्थना र शान्तिपूर्वक सामुदायिक भेलाको आयोजना गरियो ।सम्पूर्ण समुदायले अद्वितीय समर्थन र ऐक्यबद्धता देखाउदै काफ्लेको सम्झनामा प्रार्थना र शान्तिपूर्वक सामुदायिक भेलामा सक्रिय सहभागिता जनाए ।

त्यहाँ उपस्थित अधिकांश अधिकांश वक्ताहरु र दर्शकहरु भावुक भए । आगामी सोमबार अगस्त २६ का दिन ममताका पति नरेश भट्ट अदालतमा बन्ड(प्रतिज्ञापत्र)हुन् नदिन ऐक्यबद्धता देखाउन आह्वान गरिएको छ । अर्थात् न्याय र निसाफ नहुन्जेल धरौटीमा राखी रिहा हुनबाट खबरदारी गर्दै त्यहाँ उपस्थित हुन् अपिल गरिएको छ ।

उक्त शान्तिपूर्वक सामुदायिक भेलामा ममता काफ्ले कृष्ण प्रणामी भएको उनि प्रति श्रद्धा भक्ति जनाउदै मन्त्रहरु सामूहिक रुपमा वाचन गरियो ।

त्यहाँ भेला हुने मध्येहरुबाट भर्जिनियाका सिनेटर,स्थानीय नेता ,स्वास्थ्य परिचारिकाको तर्फबाट नेपाली समुदायको तर्फबाट स्वास्थ्य परिचारिका सुनिता बस्नेत,बिनालामाखड्का,डा मदन उप्रेती,कविन्द्र सिटौला(कविता वाचन),डा कविता घिमिरे ,डा जगदम्बा पण्डित ,ममता काफ्लेकी छोरीको गो फन्ड र सेरोफेरोमा अधिवक्ता बन्दिता शर्मा दाहाल,समाजसेवी बिशाल कार्की,प्रभा भट्टराई देउजा, नादिया नाभारो,सुनिता खत्री,राम चन्द्र खरेल लगायत घरेलु हिंशाबाट पीडितहरु समेतले बोलेका थिए ।

त्यहाँ बोल्ने अधिकांश वक्ताहरु भावुक भएका थिए । साथैदर्शकहरु पनि त्यतिकै भाबुक हुन् पुगेका थिए । अधिवक्ता बन्दिता शर्मा दाहालले गो फन्डमा करिव १२ बजे दिउसो सम्म १ लाख ५० हजार डलर संकलन भएको बताइन । उनले त्यो पैसा मिनी ममता अर्थात् ममता काफ्लेकी छोरीको लागि मुद्दती खातामा राखिने र उनि १८ बर्ष भए पछि उनको शैक्षिक क्षेत्रमा उनको लागि सुरक्षित गरिने बताइन ।

अधिवक्ता दाहालले ममताको आमा र अन्य एक जना अमेरिका आउने भएकोले कम्तिमा ६ महिना सम्म उनीहरुका लागि पनि केही खर्च लाग्ने भएकोले त्यस बाटै प्रवन्ध गरिने तर उनीहरुलाई उठेको रकम हस्तान्तरण गर्ने हैन भन्दै स्पष्ट पारिन।

अधिकांश वक्ताहरुले पति पत्नी मिलन नसके छुट्टीनु बाहेक अन्य कुनै बिकल्प नहुने कुरामा जोड दिए । घरेलु हिंशा सहन नहुने र त्यस्तो भएमा खबर गर्न सबैलाई आह्वान गरियो । घरेलु हिंसाबाट पीडितले आफ्ना कथा सुनाउदा अधिकांश भाव बिभोर भएका थिए ।

आयोजकले अभूतपूर्व रुपमा अहिले सम्म कै सबै भन्दा ठूलो भिडमा सहभागी भएका सबैलाई यसरी नै सहभागिता जनाउन र मिनी ममता(छोरी)लाई सहयोग र समर्थन गर्न आह्वान गरे ।

मनासस पार्कका प्रहरी बिभागका अधिकारीहरूले ममता काफ्लेका श्रीमान् नरेश भट्टलाई गत बिहीबार दिउँसो उनको घरैबाट पक्राउ गरेका थिए । प्रहरी अधिकारीहरूले उनलाई शव लुकाएको र हत्या गरेको अपराधको आरोप लगाएका छन् ।

अदालतको कागजातमा पति नरेश भट्टले ३० जुलाई वा आसपासमा ममतालाई बाहिर तानेर शव लुकाउनुअघि उनको घरमै हत्या गरेको आरोप लगाइएको छ। उनि अहिले प्रिन्स विलियम काउन्टीको कारागारमा छन् । उनि अगस्त २६ सोमबारका दिन पुन अदालतमा उपस्थित हुने भएकोले अदालत बाहिर सहभागी हुन् सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया