हराएकी ममता काफ्ले १६ औ दिन सम्म पनि फेला परिनन् ,ममताका परिवारका सदस्यलाई अमेरिका झिकाउने प्रयास जारी

इनेप्लिज २०८१ भदौ १ गते ०:१३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्ट आज अगस्त १६ शुक्रबार साँझ सम्म दिन अर्थात् १६ औ दिन सम्म पनि फेला परेकी छैनन् ।

यसै गरि नेपाली समुदायले ममताका परिवारका सदस्यलाई अमेरिका झिकाउने प्रयास जारी राखेका छन् । ममताको लागि काम गरि रहेका नेपाली समुदायले अमेरिकी सिनेटर ,सांसदहरुसँग ममताका परिवारका सदस्यहरुलाई झिकाउने सवालमा अथक प्रयास गरि रहेका छन् ।

साथै यस्कालाई स्थानीय राजनीतिज्ञ तथा अमेरिकी पूर्व सेना/प्रहरी समेत काम गरि सकेका एड्रियन पोखरेल,अधिवक्ता बन्दिता शर्मा दाहाल ,यो अभियानमा अहोरात्र लागी रहेका द्वय स्वास्थ्य परिचारिका(आरएन-नर्स) बिनालामा खड्का ,सुनिता बस्नेत लगायतले १६ दिन दिने देखि बेपत्ता भएकी ममता काफ्ले भट्टको लागि नेपालमा रहेका उनका परिवारका सदस्यहरुसँग समन्वय र सम्पर्क गरि रहेका छन् ।

आज अगस्त १६ शुक्रबार दिन पनि मनासस पार्क प्रहरी चौकी अगाडी सबै समुदायका व्यक्तिहरु ,संचार माध्यम ,ममताका साथीहरु ,स्वास्थ्यकर्मी ,शुभ चिन्तक ,बिभिन्न संघ/संस्थाका प्रतिनिधि,स्थानीय नेतृत्ववर्ग ,समाज सेवी ,लगायतको बिशेष उपस्थिति रहेको थियो ।

आज पनि ब्यापक रुपमा मनासस पार्क प्रहरी चौकी अगाडी भेला भै ममताको खोजीको लागि दवाव सिर्जना गरि रहेका छन् । साथै बिदेशी संचार माध्यमहरुले उनको खोजीमा सहयोग गर्नुको साथै प्रचार प्रसारमा व्यापक रुपमा सहयोग गरि रहेका छन् । उनीहरुले नेपाली समुदाय लगायत यस अभियानमा लागेकाहरु संग अन्तर्वार्ता लिई रहेका छन् ।

आज अगस्त १६ का दिन पनि ममतालाई सुरक्षित र सकुशल रुपमा घर फर्कन आह्वान गर्दै सहभागीहरुले ममताको बारेमा बिभिन्न प्रचार सामग्री (ब्यानर)बोक्दै प्रदर्शन गरेका छन् ।

यो कार्य निरन्तर हुनेछ भने भोली अगस्त १६ शनिबारका दिन बिहान मनाससमा शान्तिपूर्ण जुलुसको कार्यक्रम राखिएको छ ।

ममता काफ्ले गत अगस्त १ देखि हराई रहेकी छिन्। लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट(lets Speak Up For Mamta Kafle Bhatta )भन्ने सामाजिक संजाल समूह निर्माण गरिएको छ । ममता बेपत्ता भए देखि यसै समूह मार्फत सबैले आ- आफ्ना कुराहरु राखी रहेका छन् ।

प्रतिक्रिया