रुसी अदालतद्वारा अमेरिकी-रुसी नागरिक सेनिया क्यारेलिनालाई देशद्रोहको अभियोगमा १२ वर्षको कैद सजाय

इनेप्लिज २०८१ साउन ३१ गते १०:३७ मा प्रकाशित

रुसी अदालतले अमेरिकी-रुसी नागरिक सेनिया क्यारेलिनालाई देशद्रोहको अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको छ ।

उनले अपील गर्ने योजना बनाएकी उनका वकिलले बताए । एबिसीन्यूजका अनुसार दोहोरो अमेरिकी-रूसी नागरिक रहेकी सेनिया क्यारेलिना बिहीबार देशद्रोहको आरोपमा रुसी पेनल कालोनीमा १२ वर्षको कारागार सजाय सुनाइएको स्थानीय संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

रुसको सरकारी संचार माध्यम र अदालतका अनुसार उनलाई गत जनवरीमा गिरफ्तार गरी देशद्रोहको आरोप लगाइएको थियो।

अदालतका अनुसार क्यारेलिनाले दोषी भएको निवेदन दिएपछि अभियोजन पक्षले १५ वर्षको कैद सजाय माग गरेको थियो। अदालतका अनुसार अभियोजन पक्षले २ वर्षको परीक्षण अवधि र ५००,००० रुसी रुबल (५,६०० डलर) जरिवाना पनि माग गरेको थियो।

क्यालिफोर्नियामा बस्ने पूर्व ब्यालेरिना, क्यारेलिनासँग अमेरिकी र रुसी दुवैको नागरिकता छ। उनलाई युक्रेनको सेनाको लागि कोष सङ्कलन गर्ने, युक्रेन समर्थक जुलुसमा भाग लिने र युक्रेनमा रुसको युद्धको बिरूद्ध सन्देशहरू प्रकाशन गरेको आरोपमा झ्यालखाना राखिएको रुसी सरकारी संचार माध्यमले जनाएको छ ।

क्षेत्रीय अदालतले यसअघि रूसको येकातेरिनबर्गको कारागारमा उनको पूर्व-परीक्षण हिरासतलाई लम्बाएको थियो।

अनुसन्धानकर्ताहरूले उनलाई रूसी संघको फौजदारी संहिताको धारा २७५ अन्तर्गत अपराध गरेको आरोप लगाएका छन् । उनलाई त्यो संहिता अन्तर्गत “उच्च देशद्रोह” को आरोप लगाइएको थियो।

प्रतिक्रिया