पेरिस ओलम्पिकमा अमेरिकी महिला भकुन्डो टोलीले ब्राजिललाई १-० ले हराउदै स्वर्ण पदक जितेको छ ।
महिला भकुन्डोमा सबैभन्दा शीर्ष र उत्कृष्ट टोलीले पेरिसको पार्क डेस प्रिन्सेसमा भएको अन्तिम खेल( फाइनल) मा ब्राजिललाई १-० ले पराजित गर्दै पाँचौं ओलम्पिक स्वर्ण पदक जितेको छ ।
अमेरिकाका लागि आफ्नो १००औँ खेल खेल्दै आएकी म्यालोरी स्वानसनले ५७औं मिनेटमा गोल गरेकी थिइन ।
प्रतिक्रिया