अमेरिकी र्यापर गायक ज्याक बर्मन वेबस्टर द्वितीय अर्थात् ट्राभिस स्कटलाई पेरिसको एक अतिथिगृहमा सुरक्षाकर्मीसँग झगडा गरेपछि पक्राउ गरिएको छ ।
ट्राभिस स्कट एक अमेरिकी र्यापर, गायक, गीतकार तथा रेकर्ड निर्माता (अभिलेखन) हुन् । स्कट बिश्व चर्चित र उत्कृष्ट सयौ गीतहरु गएका छन् ।
फ्रान्सेली अभियोजकहरूले र्यापर ट्राभिस स्कटलाई पेरिसको एक पाहुनाघरमा सुरक्षाकर्मीसँग झगडा गरेपछि पक्राउ गरिएको बताएका छन्।
पेरिस सरकारी अभियोजकको कार्यालयको एक विज्ञप्ति अनुसार सुरक्षाकर्मी बिरूद्ध हिंसा गरेकोले ट्राभिस स्कट उपनामले चिनिने व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई शुक्रबार बिहान अतिथिगृहमा बोलाईएको थियो ।
पाहुना घर सुरक्षाकर्मीले र्यापर र उनको आफ्नै अंगरक्षक बीचको झगडामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। प्रहरीले अझै अनुसन्धान गरिरहेको छ ।
र्यापर ओलम्पिकको लागि पेरिसमा थिए। उनले बिहीबार राति पुरुष बास्केटबल सेमिफाइनलमा सर्बिया र अमेरिका बीच खेल हेरेका थिए ।
स्कट हिप हपका सबैभन्दा प्रख्यात नाम हो ।
प्रतिक्रिया