मेक्सिकोमा प्रतिद्वन्द्वी लागूऔषध व्यापारीलाई लक्षित गर्दै बन्दुकधारीहरूले स्वचालित डुङ्गा (जेट स्की)मा १२ वर्षीय बालकको हत्या गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।
गोली प्रहार गर्नेहरूले प्रतिद्वन्द्वी लाजुऔषध व्यापारीलाई लक्षित गरेको हुनसक्ने अनुमान गरिएको छ ।
अधिकारीहरूका अनुसार प्रतिद्वन्द्वी लागूऔषध व्यापारीलाई निशाना बनाउदा क्यानकुनको समुद्र तटमा एक १२ वर्षीय बालकको मृत्यु भएको हो ।
आइतबार बेनिटो जुआरेज नगरपालिकाको कुकुलकानमा भएको घटनामा अहिले महान्यायाधिवक्ताको कार्यालयले छानबिन गरिरहेको छ।
अभियोजकहरूका अनुसार आक्रमणकारीहरू समुद्रबाट आएका र गोली हाने। सार्वजनिक रूपमा पहिचान नभएको १२ वर्षीय बालकलाई गोली प्रहार गर्नेहरूले उद्देश्यपूर्ण रूपमा निशाना बनाएको विश्वास गरिएको छैन।
“प्रहरी अधिकारीहरू तुरुन्तै आइपुगे र नाबालिगलाई अस्पतालमा लगियो दुर्भाग्यवश उसले आफ्नो ज्यान गुमाए ,” अभियोजनकर्ताहरूले भने।
गोली प्रहारको समयमा उपस्थित भएका बालक र उनको परिवार मेक्सिकोका नगरपालिकाका हुन् ।
प्रतिक्रिया