बेलायतमा छुरा प्रहारबाट २ बालबालिकाको मृत्यु, ९ जना घाइते, हिंसामा संलग्न एक १७ वर्षीय पुरुष पक्राउ

इनेप्लिज २०८१ साउन १५ गते ०:२३ मा प्रकाशित

बेलायतमा छुरा प्रहारबाट २ बालबालिकाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बेलायतको बालबालिकाको अस्पतालले साउथपोर्टमा छुरा प्रहार पछि ठूलो घटना को संज्ञा दिदै आपतकालीन विभाग हाल अत्यन्त व्यस्त भएको जनाएको छ ।

उत्तरपश्चिम इङ्गल्याण्डमा सोमबार बिहान नृत्य कार्यक्रमको क्रममा उक्त घटना भएको हो । प्रहरीले “क्रूर” छुरा प्रहारको रूपमा वर्णन गरेको र उक्त घटनामा दुई बालबालिकाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन्। हिंसामा संलग्न एक १७ वर्षीय पुरुषलाई पछि पक्राउ गरिएको थियो।

मर्सीसाइड प्रहरीका अनुसार लिभरपुलको उत्तरमा पर्ने मर्सीसाइडको समुद्री किनारको शहर साउथपोर्टमा चक्कु आक्रमण भएको थियो।

प्रहरी अधिकारीहरूलाई बिहान ११:५० बजे (६:५० बजे पूर्वीय समय ) मा छुरा प्रहारको खबर गरिएको थियो।

प्रहरीले कुल दुई बालबालिकाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको बताएको छ । जसमध्ये छ जनाको अवस्था गम्भीर छ। बालबालिकालाई बचाउन खोज्दा दुई वयस्क पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बच्चाहरू एक नृत्य विद्यालयको कार्यक्रममा भाग लिइरहेका थिए र संदिग्ध बालबालिका भित्र आक्रमण गर्न थालेको मर्सीसाइड प्रहरी प्रमुख सेरेना केनेडीले एक पत्रकार सम्मेलनमा भनिन ।

केनेडीले अगाडी भनिन “घाइते भएका वयस्कहरूले आक्रमणमा परेका बालबालिकाहरूलाई बचाउन साहसपूर्वक प्रयास गरिरहेका थिए।”

हत्या र ज्यान मार्ने उद्योग गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको हो । उनलाई हिरासतमा राखेर सोधपुछ गरिने छ । यसअघि प्रहरीले एउटा चक्कु पनि बरामद गरेको जनाएको छ ।

प्रहरीले एक बिज्ञप्ति जारी गर्दै “यो दुखद घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ।” आक्रमणलाई आतंकवादीसँग सम्बन्धित मानिएको छैन ।

प्रहरीले प्रत्यक्षदर्शी वा घटनाको जानकारी भएका जो कोहीलाई अगाडि आउन आग्रह गरेको छ ।

प्रतिक्रिया