फ्रान्समा ओलम्पिक उद्घाटन सुरु हुनु अघि रेल संजाल प्रणालीमा आक्रमण भएको छ । फ्रान्सेली प्रधानमन्त्रीले फ्रान्सको रेल नेटवर्क (संजाल प्रणाली)आक्रमणको प्रभाव “ठूलो र गम्भीर” भएको बताएका छन्।
फ्रान्सेली रेलगाडी संचालनमा आक्रमण पछि पेरिस अभियोजकहरूले अनुसन्धान सुरु गरेका छन् ।
पेरिस अभियोजकको कार्यालयले शुक्रबार बताए अनुसार यसको संगठित अपराध इकाई (जुनाल्को) को समन्वयमा “जुलाई २५ देखि २६, २०२४ को रातमा एसएनसिएफका स्थललाई जानाजानी क्षति पुर्याएकोले अनुसन्धान सुरु गरेको छ।
राज्यको सम्पत्तिमा क्षति पुर्याएको र संगठित अपराधमा भाग लिने सम्बन्धमा चारवटा छुट्टाछुट्टै अभियोगको विवरण सार्वजनिक गरेको छ । सूचीबद्ध अपराधहरू मध्ये केहीलाई २० वर्षसम्म कैद र ३,०० ,००० यूरो जरिवाना गर्न सकिने सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
निवर्तमान फ्रान्सेली प्रधानमन्त्री गेब्रियल एटलले फ्रान्सको रेलगाडी संजाल प्रणाली (रेलवे नेटवर्क)मा “तोडफोडका कार्यहरू” “योजनाबद्ध र समन्वित रूपमा” गरिएको बताए ।
“हाम्रा गुप्तचर सेवाहरू र कानून प्रवर्तन यी आपराधिक कार्यका दोषीहरूलाई पत्ता लगाउन र सजाय गर्न परिचालन गरिएको छ,” उनले भने।
फ्रान्सेली गुप्तचर स्रोतले सीएनएनलाई जानकारी दिदै जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन गुप्तचर सेवाहरू “पूर्ण रूपमा परिचालन” गरिएको छ।
आक्रमणको पछाडि कसको हात थियो भन्ने स्पष्ट नभएको र अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। आयोजक समितिले योजना अनुसार उद्घाटन समारोहको अगाडि बढ्ने बताए
प्रतिक्रिया