रुस र युक्रेनबीच मानवरहित यान (ड्रोन) आक्रमण हुँदा रुसी तेल भण्डारमा आगलागी भएको छ ।
रूसको दक्षिणपश्चिमी रोस्तोभ क्षेत्रमा शनिबार बिहान युक्रेनी मानवरहित यान (ड्रोन )आक्रमण पछि एउटा तेल डिपो(भण्डार)मा आगो लागेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
सीमा क्षेत्रमा कीभको सेनाले गरेको पछिल्लो लामो दूरीको यो आक्रमण हो । युक्रेनले हालैका महिनाहरूमा क्रेमलिनको युद्ध उपकरणलाई सुस्त बनाउने प्रयासमा शोधशाला (रिफाइनरी)हरू र तेल चौकी (टर्मिनल)हरूलाई लक्षित गर्दै रूसी भूमिमा हवाई आक्रमणहरू बढाएको छ।
मस्कोको सेनाले पूर्वी युक्रेनको अग्रपंक्तिमा फ्रन्ट कडा दबाब दिइरहेको छ।
रोस्तोभ क्षेत्रीय गभर्नर भासिली गोलुबेभले मानवरहित यान (ड्रोन) आक्रमणले २०० वर्ग मिटर (२,१०० वर्ग फिट) फैलिएको आगलागी भएको तर कुनै हताहत नभएको बताए। सामाजिक संजाल टेलिग्राममा आगलागी भएको पाँच घण्टापछि गोलुबेभले आगो निभाइएको बताए।
रोस्तोभ क्षेत्रमा दुई मानवरहित यानहरू रोकिएको बाहेक, रूसी वायु रक्षा प्रणालीले रातारात देशको पश्चिमी कुर्स्क र बेल्गोरोड क्षेत्रहरूमा दुई मानवरहित यान (ड्रोन)हरू नष्ट गरेको रूसी रक्षा मन्त्रालयले शनिबार बताएको छ ।
यसैबीच युक्रेनको हवाई सुरक्षाले रुसले रातभरी प्रक्षेपण गरेका पाँचमध्ये चार मानवरहित (ड्रोन)लाई रोकेको युक्रेनी वायुसेनाले शनिबार बिहान जनाएको छ।
अन्य घटनाक्रमहरूमा आंशिक रूपमा कब्जा गरिएको पूर्वी डोनेट्स्क क्षेत्रका युक्रेनी गभर्नर वादिम फिलास्किनले रूसी आक्रमणमा शुक्रबार छ जनाको मृत्यु भएको छ र अरु २२ जना घाइते भएको बताए ।
त्यस्तै आंशिक रूपमा कब्जा गरिएको खेरसन क्षेत्रका गभर्नर ओलेक्जान्डर प्रोकुडिनका अनुसार अघिल्लो दिनमा रूसी गोलाबारीको परिणाम स्वरूप एक व्यक्तिको मृत्यु र छ जना घाइते भएको जनाए ।
प्रतिक्रिया