अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सको नयाँ कार्यकारी समिति गठन, अध्यक्षमा मंगल महर्जन निर्वाचित

इनेप्लिज २०८१ असार १९ गते १:३८ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सको नयाँ कार्यकारी समिति गठन भएको छ । उक्त सँस्थाको अध्यक्ष पदमा मेरिल्याण्ड राज्य बस्दै आएका अभियन्ता(इन्जिनियर) मंगल महर्जन निर्वाचित भएका छन्।

सन् २००७ मा अमेरिकाको बिभिन्न राज्यहरुमा बसोबास गर्दै आएका नेपाली मूलका अभियन्ता(इन्जिनियर)हरुद्वारा स्थापित अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सले नयाँ कार्यकारी समिति तथा सञ्चालक समिति सदस्यहरु चयन गरेको छ । अमेरिकामा अत्यन्तै क्रियाशील तथा मातृभूमिको लागि अद्वितीय सेवा गर्दै आएको उक्त सँस्थाले नयाँ कार्यकारी समिति तथा संचालक समितिमा संस्थामा आबद्ध रहेका सदस्यहरु मध्येबाट आगामी दुई बर्ष सम्मको समिति चयन गरेको छ ।

अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सद्वारा चयन गरिएको निर्वाचन समितिले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त निर्वाचन समितिको सभापतिमा संस्थाकै अभियन्ता (इन्जिनियर)कुलमणि आचार्य तथा निर्वाचन समितिका सदस्यहरु क्रमस नारायण बराल, प्रदीप गौतम, विकास अधिकारी र प्रेम इटानी सम्मिलित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

गत जुन १५ ,२०२४ का दिन सम्पन्न १६ औँ वार्षिक साधारण सभामा निर्वाचन समितिले २०२४ जुलाई देखि २०२६ जुन सम्म विभिन्न पदमा निर्वाचित भएका पदाधिकारीहरुको नामावली घोषणा गरेको छ ।

नव निर्वाचित कार्यकारी समितिको नेतृत्व मंगल महर्जन, एमई (मेरिल्याण्ड )ले लिएका छन् भने बिभिन्न पदमा विभिन्न सदस्यहरु कार्यकारी समितिमा चयन भएका छन् । निर्वाचन समितिले जारी गरेको बिज्ञप्ति अनुसार नव निर्वाचित पदाधिकारीहरुमा क्रमस अध्यक्षमा मेरिल्याण्डका मंगल महर्जन ;उपाध्यक्षमा कोलोराडोका आनन्द पौडेल, पीएचडी( विधा वारिधि -सीओ) ;महासचिवमा रविन भट्टराई पीएचडी (इलोनोइ ) ;सहसचिवमा उत्सव पोखरेल, एमई (न्यूजर्सी) ;कोषाध्यक्षमा समीर रावल, एमएससी (टेक्सस ) तथा सूचना सचिवमा मेरिल्याण्डका रञ्जन पोखरेल (एमएससी )निर्वाचित भएका छन् । त्यसै गरि निवर्तमान अध्यक्षमा ओहायोका सूर्य थापा(पीई )रहेका छन् ।

त्यस्तै गरि समितिका सदस्यहरुमा क्रमस विष्णु फुयाँल, पीएचडी (इलोनोइ ) विशाल खड्का, एमएससी (भर्जिनिया ), विजय पौड्याल, पीएचडी (नर्थ क्यारोलाइन ) विराट पाण्डे, एमएससी (मेरिल्याण्ड ) ,दीपेन्द्र पोखरेल, पीई (भर्जिनिया) ,गरिमा शर्मा, एमएससी (कोलोराडो ) तथा किरण अधिकारी, पीई (इलोनोई ) ,किशोर श्रेष्ठ, पीएचडी (वाशिंगटन ) मनोज खड्का, पीई (इलोनोइ ) ,मनोज बानिया, एमएससी (जर्जिया ) ,निरजन अर्याल, पीइ (नर्थ क्यारोलाइना) ,नवराज पनेरु, एमएस (नर्थ क्यारोलाइना ) ,निरजन मणि, विद्यावारिधि (म्यासाचुसेट्स ) तथा नवराज पन्त पीइ टेक्सस निर्वाचित भएका छन् ।

यसै गरि समितिका सदस्यहरुमा क्रमस सन्तोष ढकाल,पीइ (मेरिल्याण्ड) ,ओम चौधरी, पीइ (न्यूयोर्क ) ,रमेश मल्ल, विधा वारिधि (कनेक्टिकट ) ,रविन ढकाल, विद्या वारिधि (नर्थ क्यारोलाइना ) ,राजेन्द्र श्रेष्ठ, विद्या वारिधि( टेक्सस) ,उपेन्द्र कर्ण, विद्या वारिधि (न्यू जर्सी ) तथा कृष्ण आचार्य(बिइ),इलोनोइ रहेका छन् ।

त्यस्तै अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सको समिति सदस्यहरुमा क्रमस स्मृति पोखरेल,बिइ (क्यानडा ) ,सञ्जय गजुरेल, विद्यावारिधि (ओहायो ) सिद्धराज जोशी, पीइ (न्यूयोर्क ) ,सागर खड्का, एमएस (भर्जिनिया ), सजग पौडेल, विद्यावारिधि (इलोनोइ ) ,विजय झा, एमएस (टेक्सस ) ,सागर पोखरेल, एमइ (मेरिल्याण्ड ) ,सुरोज लामिछाने, विद्यावारिधि (कोलोराडो तथा भर्जिनियाका ठाकुर ढकाल(पीइ)रहेका छन् ।

अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्स अमेरिकामा आईआरएस ५०१ (सी)३ मा दर्ता भएको गैर मुनाफा सामाजिक संस्था हो ।

ईनेप्लिज परिवारको तर्फबाट सम्पूर्णलाई बधाई तथा हार्दिक शुभकामना !

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला ;

https://www.asnengr.org/wp/

प्रतिक्रिया