भारतमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
हजारौं मानिसको धार्मिक सभामा भागदौड मच्चिँदा कम्तीमा ६० जनाको मृत्यु भएको र सयौ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
उत्तरी भारतमा हजारौं मानिसहरूको धार्मिक जमघटमा भागदौड हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको हो ।
उत्तर प्रदेश राज्यको हाथरस जिल्लाको एउटा गाउँमा भएको दुर्घटनापछि १५० भन्दा बढी मानिसलाई अस्पतालमा भर्ना गरिएको छ । एक चिकित्सा अधिकारी उमेश त्रिपाठीका अनुसार मृत्युको संख्या अझै बढ्न सक्ने बताए।
सरकारी अधिकारी आशिष कुमारले एसोसिएटेड प्रेसलाई कम्तिमा ६० जनाको शव शवगृहमा पुगेको जनाए ।
भोले बाबा नामक धार्मिक नेतासँगको कार्यक्रमपछि सहभागीहरू बाहिर निस्कन लाग्दा भागदौड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
कार्यक्रमको लागि १५,००० भन्दा बढी मानिसहरू भेला भएका थिए, जसमा लगभग ५,००० लाई आयोजना गर्ने अनुमति थियो।
माल बाहक गाडी (ट्रक )र निजी सवारी साधनबाट शव अस्पताल र शवगृहमा ल्याइएको एबिसीन्यूजले समाचार लेखेको छ । भागदौड राज्यको राजधानी लखनउबाट करिब ३५० किलोमिटर (२१७ माइल) दक्षिणपश्चिममा भएको थियो।
प्रतिक्रिया