मेक्सिकोमा १०० सयभन्दा बढी समलिङ्गी जोडीले सामूहिक विवाह समारोहमा विवाह गरेका छन् ।
मेक्सिको सिटी(शहर)को समलिङ्गी गर्व उत्सव महिनाको एक भागको रूपमा पुलकित (रोमान्टिक ) तथा राजनीतिक दुवै प्रकारको सामूहिक समारोहमा एक सय भन्दा बढी समलिङ्गी जोडीहरूले शुक्रबार विवाह गरेका छन् ।
१४७ दम्पतीहरूले समान अधिकारको लागि उनीहरूको वर्षौं देखिको लामो लडाईको प्रतीक बनाउँदै हृदयस्पर्शी भेलामा एकअर्काप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको सिएनएनले जनाएको छ ।
समारोह मेक्सिको शहरको समलैंगिक गायकहरूको साङ्गितिक समारोबाट सुरु गरिएको थियो । त्यसपछि सङ्कल्प आदानप्रदान गर्न र विवाहलाई औपचारिक रूपमा एक नागरिक अनुष्ठान गरियो।
सामूहिक समलिङ्गी विवाहहरू मेक्सिकोमा गर्व (प्राइड) महिनामा हुने वार्षिक समारोहको अंश हुन्।
प्रतिक्रिया