उत्तर कोरियाले धेरै क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । साथै सफल परीक्षण गरेको समेत जनाएको छ ।
उत्तर कोरियाले धेरै हतियार बोक्ने क्षेप्यास्त्रहरू विकास गर्ने उद्देश्यले सफलतापूर्वक एक महत्त्वपूर्ण परीक्षण गरेको छ । सरकारी संस्था केसीएनएका उत्तर कोरियाले बुधबार मध्यवर्ती दूरीको प्राक्षेपिक क्षेप्यास्त्रको पहिलो चरणको ठोस इन्धन यन्त्र प्रयोग गरेर परीक्षण गरेको जनाएको छ।
दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटमा आवाज भन्दा छिटो उड्ने सक्ने क्षमता भएको क्षेप्यास्त्र (हाइपरसोनिक मिसाइल) प्रक्षेपण गरेको बताएको एक दिनपछि यो पठाइएको हो । जुन मध्य हावामा विस्फोट भएको थियो।
प्रतिक्रिया