१०० भन्दा बढी हेटीका आप्रवासीहरू फ्लोरिडा एक डुङ्गाबाट आइपुगे

इनेप्लिज २०८१ असार १३ गते १:२९ मा प्रकाशित

१०० भन्दा बढी हेटीका आप्रवासीहरू अमेरिकाको फ्लोरिडा राज्यमा एक जहाजयात्राबाट आइपुगेका छन् ।

स्थानीय र संघीय सँस्थाहरुका अनुसार १ सय भन्दा बढी हेटीका आप्रवासीहरूको समूह फ्लोरिडा जहाजयात्राबाट आइपुगेको बताएका छन् ।

बुधबार बिहान तल्लो फ्लोरिडामा जहाजयात्रा(सेलबोट)बाट आइपुगेको स्थानीय र संघीय अधिकारीहरूले भने।

डुङ्गा विहान ४:०० बजे अमेरिकाको क्षेत्र कि वेस्ट टापुमा रहेको कन्डोमिनियमबाट करिब १०० गज (९१ मिटर) टाढा आइपुगेको थियो । त्यसको केही समयपछि प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेको मोनरो काउन्टी शेरिफको कार्यालयले बताएको छ ।

११८ आप्रवासीमध्ये अधिकांश पुरुष रहेका छन् । तर त्यस समूहमा महिला र बालबालिका पनि रहेका छन् , शेरिफको कार्यालयले पुष्टी गरेको छ ।

क्यारिबियन राष्ट्रले हालैका वर्षहरूमा हजारौं मानिसहरूको ज्यान लिइसकेको र देशको राजधानीमा हजारौंलाई घरबारविहीन बनाएको गिरोह हिंसाको बृद्धिसँग संघर्ष गरिरहेको बेला उनीहरु भागेर ज्यान बचाउन फ्लोरिडा आएका हुन् ।

एबिसीन्यूजका अनुसार हालैका वर्षहरूमा दशौं हजार हेटीवासीहरूले आफ्नो देश छोडेका छन् । र धेरै अमेरिकाको दक्षिणी सिमानामा आइपुगेका छन् ।

संयुक्त राज्य अमेरिकामा बसोबास गर्नको लागि कानूनी आधार स्थापना नगर्ने गैर-नागरिकहरूलाई देश निकाला गर्ने अमेरिकी नीति रहेको छ ।

केन्याका दुई सय प्रहरी अधिकारीहरू सामूहिक हिंसा नियन्त्रण गर्न संयुक्त राष्ट्र संघको सहयोगमा अन्तर्राष्ट्रिय सुरक्षा मिसनअन्तर्गत मंगलबार हेटी पुगेका छन्।

अध्यागमन अधिवक्ताहरू र दक्षिण फ्लोरिडामा हेटी डायस्पोरा(प्रवास)का सदस्यहरूले संघीय र राज्य सरकारहरूलाई आएका आप्रवासीहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

हेटीको अवस्था निराशाजनक छ। मानिसहरू आफ्नो जीवनको सुरक्षा र बाँच्नको लागि मौका खोज्दै भाग्दै छन ,फ्लोरिडा आप्रवासी गठबन्धनका कार्यकारी निर्देशक र हेटी निवासी टेसा पेटिटले भनिन । उनले अगाडी भनिन ,”हामी हाम्रो सरकारलाई यी व्यक्तिहरूलाई दया र सम्मानका साथ व्यवहार गर्न आग्रह गर्दछौं।”

प्रतिक्रिया