एट्लान्टिकमा अलपत्र परेका ६८ आप्रवासीलाई क्रूज जहाजले उद्धार गरेको छ । एट्लान्टिक महासागरमा रहेको क्यानरी टापुमा माछा मार्ने डुङ्गामा गएका ६८ जनालाई एक पानी जहाजले उद्धार गरेको ओशिनिया क्रुज(पानी जहाज )को व्यवस्थापनले बिहीबार बताएको छ ।
जहाज इन्सिगनिया नामक जहाज संसारभरि १८० दिनको यात्राको अन्त्यमा रहेको अवस्थामा डुङ्गा आपतकालीन अवस्थामा भएकोले उद्धार गरेको हो ।
केप भर्ड र टेनेरिफ बीचको संकटमा परेको जहाजबाट ६८ जनालाई उद्धार गरेको छ । उनीहरूलाई चिकित्सा सहायताको लागि जहाजमा ल्याएको र खाना, पेय पदार्थ, कपडा र आराम गर्न सुरक्षित ठाउँ उपलब्ध गराएको ओशिनिया जहाजले एक विज्ञप्तिमा बताएको छ ।
हामीले टेनेरिफका अधिकारीहरूसँग अर्को चरणहरू समन्वय गरेका छौं, र ,उनीहरूले उद्धार गरिएका मानिसहरूको हेरचाह गर्नेछन्।” बिज्ञप्तिमा भनिएको छ ।
क्यानडाको भ्यानकुभरबाट पानी जहाजका यात्रु हेनरी टमले सीबीएस न्यूजलाई माछा मार्ने डुङ्गामा रहेका मानिसहरूलाई उद्धार गर्न केही घण्टा लागेको र डुङ्गामा रहेका करिब पाँच जनाको मृत्यु भएको बताए।
स्पेनमा गत वर्ष ५५ हजार आप्रवासीहरू समुद्री मार्गबाट आइपुगेको अभिलेख गरेको छ । तीमध्ये धेरैजसो क्यानरी टापुहरूमा गत वर्ष यो संख्या २०२२ को तुलनामा झण्डै दोब्बर हो । आन्तरिक मन्त्रालयका अनुसार यस वर्ष हालसम्म २३ हजार भन्दा बढीले अवतरण गरेका छन्।
प्रतिक्रिया