बढ्दो तनावको बीचमा रुसी अमेरिकी महिलाको देशद्रोहको मुद्दा सुरु ,२० वर्ष कारागार सजाय हुने सक्ने

इनेप्लिज २०८१ असार ६ गते ११:१९ मा प्रकाशित

बढ्दो तनावको बीचमा रुसी अमेरिकी महिलाको देशद्रोहको मुद्दा सुरु भएको छ ।

दुई अमेरिकी पत्रकारको गिरफ्तारी सहित वाशिंगटन र मस्को बीच तनाव बढ्दै जाँदा रुसले देशद्रोहको आरोप लगाएका रूसी अमेरिकी दोहोरो नागरिकको मुद्दा बिहीबार खोलिएको छ।

एबिसीन्यूजका अनुसार येकातेरिनबर्गमा बन्द ढोका पछाडि सुनुवाइ भइरहेको छ। र , त्यही अदालतमा अर्को हप्ता इभान गेर्शकोविचको मुद्दाको सुनुवाइ सुरु हुनेछ। जसलाई मार्च २०२३ मा गिरफ्तार गरिएको थियो र जासुसीको आरोप लगाइएको थियो।

प्रतिवादीलाई रूसी अधिकारीहरूले लस एन्जलस निवासी केसेनिया क्यारेलिना भएको पत्ता लगाएका छन् । क्यारेलिना येकातेरिनबर्गमा जन्मिएकी हुन् भने उनि फेब्रुअरीमा रुसमा आफ्नो परिवारलाई भेट्ने क्रममा पक्राउ परेकी थिइन्।

रुसको मुख्य घरेलु सुरक्षा सँस्था संघिय सुरक्षा सेवा(फेडरल सेक्युरिटी सर्भिस)ले युक्रेनी सेनालाई हतियार, गोलाबारुद र अन्य सामग्री उपलब्ध गराउने युक्रेनी संगठनका लागि क्यारेलिनाले पैसा उठाएको आरोप लगाएको छ। उनको प्रेमीले युक्रेनी संस्थालाई करिब ५० डलरको एकल चन्दा दिएकी एबिसीन्यूजले जनाएको छ ।

दोषी प्रमाणित भएमा क्यारेलिनाले २० वर्ष कारागार सजाय भोग्नुपर्नेछ । लगभग सबै रूसी आपराधिक मुद्दाहरू जुन अदालतमा दोषी ठहरिन्छन्। सुनुवाई दिउँसो स्थगित गरिएको थियो। अर्को सत्र अगस्त ७ मा तय गरिएको छ ।

रुसी कारागार रहेका अमेरिकी गेर्शकोविचलाई येकातेरिनबर्गबाट ​​करिब १५० किलोमिटर (९० माइल) उत्तरमा रहेको कारखानाबाट गोप्य सूचना सङ्कलन गरेको आरोप लगाइएको छ। उनले यो आरोप अस्वीकार गर्दै आएका छन् । र,अमेरिकी विदेश विभागले उनलाई गलत रूपमा हिरासतमा राखिएको घोषणा गरेको छ।

गेर्शकोविचको सुनुवाई बन्द छ भने अर्को बुधबार सुरु हुने छ। अमेरिकी र रुसी दोहोरो नागरिकता भएको अमेरिकी अनुदान प्राप्त रेडियो लिबर्टी/रेडियो फ्री युरोपका पत्रकारलाई सैन्य सूचना सङ्कलन र विदेशी जासुस को रूपमा दर्ता गर्न असफल भएको आरोपमा अक्टोबरदेखि पक्राउ गरिएको छ।

प्रतिक्रिया