अमेरिकी पर्यटकको शव रमणीय ग्रीक टापुमा फेला

इनेप्लिज २०८१ असार २ गते २२:०३ मा प्रकाशित

अमेरिकी पर्यटकको शव रमणीय ग्रीक टापुमा फेला परेको छ । ग्रीक टापुहरूमा पाँच विदेशी पर्यटकहरू अझै बेपत्ता भएको प्रहरीले बताए ।

एक अमेरिकी पर्यटक आइतवार माथराकीको ग्रीक टापुको समुद्र तटमा मृत फेला परेका छन् । गत हप्तामा मनोरम विदाको स्वर्ग स्थलमा हराएका विदेशी पर्यटकहरूको शृङ्खलामा यो सबैभन्दा पछिल्लो घटना भएको प्रहरी अधिकारीहरूले भने।

बेपत्ता अमेरिकीको शव दिउँसो १ः३० बजे भेटिएको थियो । स्थानीय समय अनुसार माथराकी टापुको पुरानो बन्दरगाह नजिकैको समुद्री तटमा माथराकी टापुका समुदायका अध्यक्षले एबीसी न्यूजलाई बताए। मृत्युको कारण तत्काल खुलाइएको छैन ।

उक्त व्यक्तिलाई गत मङ्गलबार अन्तिम पटक कोर्फु टापुको पश्चिममा रहेको माथराकीमा देखिएको थियो । अन्वेषकहरूले एबीसी न्यूजलाई बताए अनुसार उनी एक ग्रीक अमेरिकी साथीसँग बसिरहेका थिए ।

बिहीबार घर फर्केपछि साथीले प्रहरीलाई दूरवार्ता गरे । घरको ढोका खुला, बत्ती बलेको र वातानुकूलित(एयर कन्डिसन) चलिरहेको पाए । अन्वेषकहरूका अनुसार अमेरिकी हराई रहेको कुनै सङ्केत नभएको जनाएका थिए । माथराकीमा प्रहरी चौकी वा तटरक्षक नभएकोले तसर्थ कोर्फुबाट प्रहरी अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गर्न बोलाइएको थियो ।

प्रारम्भिक अनुसन्धान गर्न आइतवार एक कोरोनर टापुमा लगिएको थियो, माथराकी टापुका अध्यक्षले भने। शवलाई नजिकैको कोर्फु टापुमा लगिने र त्यहाँ शव परीक्षण गरिने अधिकारीहरूले भने।

ग्रीक टापुहरूमा एक अमेरिकी पर्यटक बेपत्ता भएको यो हप्तामा दोस्रो पटक हो। शनिबार, एसोसिएटेड प्रेसका अनुसार पूर्वी ग्रीक टापु सामोसमा हराएका ७४ वर्षीय नेदरल्याण्डका पर्यटक मृत फेला परेका थिए। डच पर्यटकको नाम जारी गरिएको छैन । अग्निनियन्त्रकहरूले मानवरहित यान (ड्रोन )प्रयोग गरेर फेला पारेका थिए। उनी अन्तिम पटक हिँडेको ठाउँबाट ३३० गज टाढाको खाडलमा अनुहार लडेको अवस्थामा फेला परेका थिए ।

बेपत्ता वा मृत फेला परेका पाँच पर्यटकहरूमध्ये केहीलाई चिसो तापक्रममा पदयात्रा गरिरहेको विश्वास गरिएको थियो। जुन ९ मा प्रख्यात बेलायती कार्यक्रम प्रस्तोता तथा लेखक डा. माइकल मोस्ले सिमी टापुमा मृत अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया