कुवेतमा विदेशी कामदार बस्ने एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४० भारतीयको मृत्यु भएको छ ।
कुवेतमा बुधबार गत बिहान विदेशी कामदारहरू बस्ने एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४० भारतीय नागरिकको मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। स्थानीय अधिकारीहरूले आगलागि नियम उल्लङ्घनसँग जोडिएको बताएका छन् ।
आन्तरिक मन्त्री शेख फहाद अल-युसुफ अल-सबाहले टोलको पुष्टि गरे र घटनास्थलको भ्रमणको क्रममा भवनको मालिकलाई पक्राउ गर्न आदेश दिएको स्थानीय संचार माध्यमहरुले समाचार लेखेका छन् ।
अग्नि नियन्त्रकको दुर्घटना अनुसन्धान विभागका प्रमुख कर्नल सैयद हसन अल-मौसावीले दर्जनौं हताहत भएको र मृतकको अन्तिम संख्या धेरै हुनसक्ने बताए।
भारतको विदेश मन्त्रालयले गत बुधवार ढिलो एक विज्ञप्ति जारी गर्दै भन्यो “करिब ४० भारतीयको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बुझिएको छ।”
घाइतेहरुको कुवेतका पाँचवटा सरकारी अस्पतालमा उपचार भईरहेको र “उचित चिकित्सा हेरचाह र ध्यान” भैरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतका कनिष्ठ विदेश मामिला मन्त्री कीर्तिवर्धन सिंह मृतकको शवलाई चाँडो स्वदेश फिर्ता ल्याउन र घाइतेहरूलाई स्वास्थ्य सहायता उपलब्ध गराउन कुवेत जानेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितहरूप्रति समवेदना प्रकट गर्दै भारतीय दूतावासले “परिस्थितिलाई नजिकबाट नियालिरहेको र त्यहाँका अधिकारीहरूसँग पीडितहरूलाई सहयोग गर्न काम गरिरहेको बताएका छन्।”
“कुवेत शहरमा भएको आगलागी दु:खद हो । म घाइतेहरूको शिघ्र लाभको कामना गर्दै प्रार्थना गर्दछु, ”मोदीले सामाजिक संजाल एक्समा लेखेका छन् ।
अन्य पर्शियन खाडी देशहरू जस्तै कुवेतमा पनि स्थानीय जनसंख्याभन्दा धेरै आप्रवासी कामदारहरूको समुदाय रहेको छ । लगभग ४. २ मिलियन जनसंख्या भएको राष्ट्र अमेरिकाको न्यू जर्सी राज्य भन्दा थोरै सानो छ तर विश्वको छैठौं ठूलो ज्ञात तेल भण्डार छ ।
२०२२ मा तेल प्रशोधन केन्द्रमा आगलागी हुँदा चार जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया