अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटे पछि उनि कतार पुगेका छन् । नेतन्याहुले हालको प्रस्तावलाई आफ्नो प्रतिबद्धता पुन: पुष्टि गरेको उनले उल्लेख गरे ।
यस हप्ताको उनको कूटनीतिक भ्रमणमा इजिप्ट र जोर्डन समेत रहेका थिए । उनले गाजामा हमास नेतृत्व बाहेक अरू कसैले प्रस्तावलाई निर्णय गर्न नसक्ने बताए । सयुक्त राष्ट्र संघको सुरक्षा परिषदले समेत अमेरिकी प्रस्तावलाई अनुमोदन गरेको छ ।
ब्लिन्केनले गाजामा बन्दी बनाइएका अमेरिकी बन्धकहरूको परिवारसँग भेट्ने क्रममा भने, “हामी यही पर्खिरहेका छौं।”
युद्धविरामको लागि ब्लिन्केनले मंगलबार नयाँ मानवीय सहायता स्वरुप ४०० मिलियन भन्दा बढी रकमको घोषणा गरे। उनले गाजाको मानवीय विनाशलाई सम्बोधन गर्ने सबैभन्दा प्रभावकारी तरिकाको रूपमा त्यसलाई वर्णन गरे।
प्रतिक्रिया