कैलाश मानसरोवरका लागि वुकिङ्ग खुला

इनेप्लिज २०८१ जेठ १९ गते २१:०८ मा प्रकाशित

नेपाल र चीनको सीमामा रहेको हिन्दूहरुको पवित्र धार्मिक स्थल कैलाश मानसरोवरका लागि वुकिङ्ग खुला गरिएको छ । आगामी शरद ऋतुलाई लक्षित गरेर मानसरोवरको यात्रा सहजीकरण गर्नको लागि अहिले नै वुकिङ्ग खुला गरिएको हो ।

अल्पाईन हिमालयनका म्यानेजिङ्ग डाईरेक्टर सञ्जय देवकोटाले दिनुभएको जानकारी अनुसार आगमी सेप्टेम्वर २ तारिख देखि १८ तारिखको लागि सुनिश्चत गर्न वुकिङ्ग खुला गरिएको हो ।

उक्त टुर प्याकेजमा कैलाशको चरण स्पर्श , चार दिन सम्मको कैलाश परिक्रममा, मानसरोवरको परिक्रमा लगायतको तीर्थाटन,ध्यान,योग लगायतको प्याकेजमा व्यवस्थापन गरिएको देवकोटाले जानकारी दिनुभएको छ ।

तीर्थ यात्रीहरुको सहजीकरणको लागि ताजा खाना तथा वसोवासको व्यवस्थापन समेत गरिएकाले यात्रीहरुको लागि थप सुविधा हुने विश्वास लिइएको छ ।
यस सम्वन्धि आवश्यक जानकारीको लागि अल्पाईन हिमालयनको वेभसाईट, व्हाटस एप लगायतका माध्यमवाट सम्पर्क गर्न सकिने छ ।

विस्तृत विवरणको लागि :-

प्रतिक्रिया