पथरी मोरङको वाल्मीकिमा विद्यार्थीमाथि निर्घात कुटपिट

इनेप्लिज २०८१ जेठ ७ गते १०:३९ मा प्रकाशित

मोरङ । मोरङको पथरीशनिश्चरे—२ स्थित वाल्मीकि मेमोरियल स्कुलका सन्चालकले पाँच जना छात्रलाई निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ ।

वाल्मीकि मेमोरियल स्कुलमा नोवल किशोर खनाललले कक्षा १० मा अध्ययनरत छात्र विकास ठाकुरलाई ढाडमा सुम्ला देखिने गरी कुटपिट गरेको बिषय समाजिक सञ्जालहरुमा आएपछि सो कुरा बाहिर आएको हो। विद्यार्थी विकास ठाकुरको परिवारसँग हामीले कुटपिटको विषयमा बुझ्दा अन्य विद्यार्थीलाई पनि निर्घात कुटपिट भएको बताएका छन्।

केही दिन अघि बाल्मीकिको शिक्षकको कुटपिटबाट विकास ठाकुरको ढाडमा निल डाम देखिएको तस्विर सामाजिक सञ्जालहरुमा आएको थियो । भाईको ढाडमा निलडाम देखिनेगरी कुटपिट भएको बिषय दाजु किरण ठाकुरले समाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि सार्वजनिक भएको थियो ।

वाल्मीकिका सञ्चालक नोवल किशोर खनालले विभिन्न व्यक्तिहरुलाई आफूले गल्ती महसुस गरेको भन्दै सञ्जालबाट विद्यालयको नाम र फोटो हटाउन अनुरोध गरेका थिए । वाल्मीकिले गल्ति स्वीकार गरेको र पीडित छात्र परिवारसँग कुरा मिलाएको भनेपछि केहीले सो पोष्ट हटाएका थिए ।

विद्यालय सञ्चालक नोवलकिशोर खनाल आफै लागेर गल्ति महसुस गरेकोले बिषय नउचालिदिन अनुरोध भएपछि छात्र कुटपिट जस्तो जघन्य अपराधले समान्य मात्र प्रचार पाएको थियो । अभिभावकले यसरी मरणासन्न हुनेगरी विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्।

शिक्षा नियमावली अनुसार कक्षामा शिक्षक उपस्थित हुँदा विद्यार्थी कुट्न त के छडी लिएर जान पनि पाइँदैन।

विद्यालय हाताभित्र वा विद्यालय क्षेत्रमा बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको पाइएमा बालबालिका सम्बन्धी कसुर २०७५ अनुसार एक वर्षसम्म कैद र ५० हजारसम्म आर्थिक जरीवानाको व्यवस्था कानुनमा रहेको छ।

प्रतिक्रिया