सैनिक अनुमति बिना प्रेमिकालाई भेट्न रुस पुगेका एक अमेरिकी सैनिकको हिरासत लम्ब्याइको छ । एबिसीन्यूजका अनुसार रुसमा हिरासतमा रहेका अमेरिकी सैनिकले ‘अपराध स्वीकार गरेको’ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
रुसमा हिरासतमा रहेका अमेरिकी सैनिककी आमाले मौन तोडेको एबिसीन्यूजले उल्लेख गरेको छ ।
रुसमा हिरासतमा रहेका अमेरिकी सैनिक गोर्डन ब्लाकले चोरीको आरोपमा “अपराध स्वीकार” गरेको रुसी सरकारी स्वामित्वको समाचार सेवा टासले जनाएको छ ।
ब्लाक कथित चोरीमा रुसी अनुसन्धानमा “सहयोग” गरेको टासले बिहीबार समाचार लेखेको छ ।
“आरोपीले अपराध स्वीकार गरेका छन् र अनुसन्धानमा सहयोग गरिरहेका छन्। एक दोभाषे मार्फत अंग्रेजीमा भइरहेको छ,” टासले स्थानीय कानून प्रवर्तन सँस्थाहरूको प्रतिनिधिलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
ब्लाकलाई यस महिनाको सुरुमा रुसको भ्लादिभोस्टोकमा आपराधिक दुर्व्यवहाको आरोपमा पक्राउ गरिएको अमेरिकी सेनाले जनाएको छ। अदालतका अनुसार उनको हिरासत कम्तिमा जुलाई २ सम्म रहने अपेक्षा गरिएको छ। उनका वकिलले गत हप्ता उनको हिरासतमा पुनरावेदन गरेका थिए।
दुई अमेरिकी अधिकारीहरूले एबीसी न्यूजलाई ब्लाक एक हवलदार भएको र उनि अस्थायी बिदामा जानु अघि दक्षिण कोरियामा राखिएको बताएका थिए । साथै उनलाई रुसको यात्राको अनुमति दिइएको थिएन ।
ब्लाक आफ्नी प्रेमिकालाई भेट्न रूस गएका थिए । टासले बिहीबार ब्लाक र महिलाले चीन र उत्तर कोरियाको सिमाना नजिकको सुदूर पूर्वी शहर भ्लादिभोस्टोकमा उनलाई भेट्न जाँदा मतभेद भएको उल्लेख गरेको छ ।
प्रतिक्रिया