बेलायतमा मुड्की प्रतियोगिता हुँदा हुदै एक मुड्कीबाजको मृत्यु

इनेप्लिज २०८१ जेठ १ गते ११:३५ मा प्रकाशित

बेलायतमा मुड्की प्रतियोगिता हुँदा हुदै एक मुड्कीबाजको मृत्यु भएको छ । लन्डनमा व्यावसायिक पहिलो पटक खेल मैदानमा उत्रिएका (डेब्यु )खेलबाटै ढलेका (नकआउट )बक्सर मुड्कीबाज शेरिफ लवलको निधन भएको छ ।

लन्डनमा पेशागत पहिलो पटक खेल मैदानमा उत्रिएका (डेब्यु )खेलमा हार बेहोरेपछि एक बेलायती मुड्कीबाज( बक्सर)को मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

ह्यारो लेजर सेन्टर(प्रतियोगिता केन्द्र) मा गत आइतबार भएको छ चरणको मध्यवजन ( मिडलवेट)को चौथो चरणमा मालम भेरेलाबाट शेरिफ लवालको टाउकोमा प्रहारबाट पराजित भएका थिए । निर्णायकले स्वास्थ्यकर्मीहरुलाई प्राथमिक उपचार गर्न अनुमति दिए पछि उनलाई अस्पताल लगियो तर उनको मृत्यु भयो । उनी २९ वर्षका थिए ।

वारेन बक्सिङ व्यवस्थापनले सामाजिक सञ्जालमा यस्तो लेखेको छ “हामी यस दुखद घडीमा शेरिफको परिवार, साथीहरू, प्रशिक्षकहरू र उहाँका नजिकका सबैलाई हाम्रो समवेदना पठाउन चाहन्छौं।”

अन्य मुड्कीवाजहरु पनि हालैका वर्षहरूमा चोट लागेर मरेका थिए ।

प्रतिक्रिया