रामायण महाभारत गिता

इनेप्लिज २०८१ जेठ १ गते १०:१२ मा प्रकाशित

यो मृत्यु लोकको जिन्दगी ,
जतिनै दुख कष्ट भए पनि ,
के के गर्नु पर्छ
एकपल्ट रामायण पढेर हेर।

यो कलियुगमा जन्म लिएपछी,
के के गर्नु हुदैन,?
धर्म तोडदा कस्तो सजाय पाइन्छ?
महाभारतको कथा सुनेर हेर।

यो मृत्युु लोकको महासागरमा,
कसरी पौडी खेल्नु पर्छ ?
कसरी बाच्नु पर्छ यहाँ ?
भागवत गिता पढेर हेर ?

जन्मदै लिएर आएको सासले त ,
तलाइ छोडेर जान्छु भन्दैन,
तिमी हिजो बाटोमा भेटिएकोलाइ,
छोडेर जान कसलाइ सोध्नु पर्छ र?

भरोसा टुटदा आवाज आउदैन,
आवाज बिनाको भरोसाको झन्कार,
कसैले सुन्न महशुस गर्न सक्दैन
जो जिन्दगीभरी मनमा गुन्जी रहन्छ ।

न भन त्यसो दोहोर्याएर,
न दुखाउ यो टुटेको दिल,
एकपल्ट भागवत गिता पढेर हेर,
यो ग्रन्थको भावना बुझेर हेर।

यो दरवार हामी सबैको हो।
दरवारको बाटो काटदा,
तातो चिसो पिएर जाने गर्नु,
अलग हामिलाइ नसम्झिनु भन्न छोडेर,

आफुलाइ भन्दा ज्यादा बिश्वास गर्ने,
त्यो भाइलाइ बिश्वासघात गरेर,
भाइको राज सिहासन कब्जा गर्न,
अनेकौ कुटिल चाल चल्यौ,

धर्म छोडेर अधर्मको बाटो हिडदा,
सय छोराको लाश हेर्नू पर्दा,
परिवारले भोग्नु परेको दुख कष्ट ,
महाभारतको कथा पढेर हेर।

यिनै तीन ठुला ग्रन्थमा
मान्छेको बाच्ने आधारशिला,
मान्छेले मृत्यु अगाडि गर्नु पर्ने,
ज्ञानको शार पाइन्छ पढेर हेर ।

खगेन्द्र प्रसाद आचार्य
काठमाडौ

प्रतिक्रिया