अष्ट्रेलियामा एक सानो बिमानमा अवतरण दाँती( ल्यानडिङ्ग गियर)मा समस्या उत्पन्न हुँदा घन्टौ सम्म आकाश उड्दै अन्त्यमा सकुशल अवतरण गरेको छ ।
विमानले घन्टौ सम्म विमानस्थलको परिक्रमा गरेपछि अस्ट्रेलियामा सफल आपतकालीन अवतरण गराएको सिएनएनले जनाएको छ ।
अष्ट्रेलियाको न्यु साउथ वेल्सको न्यूक्यासल विमानस्थलमा यान्त्रिक समस्या हुँदा अवतरण दाँती (ल्यान्डिङ गियर )बिना नै अवतरण गर्न बाध्य भएको छ । सानो विमानबाट दुई यात्रु र एक बिमान चालक सकुशल बाहिर निस्किएका छन् ।
बिच बी-२०० सुपर किङ नामक बिमानले आपतकालीन अवतरण गर्नु अघि इन्धन जलाउँदै घन्टौ सम्म विमानस्थल परिक्रमा गर्यो ।
विमानलाई अवतरण दाँती (ल्यान्डिङ गियर) सक्रिय नगरी नै धावनमार्गमा अन्तत्वगत्वा अवतरण गराईएको छ ।
प्रहरीका अधिक्षक वेन हम्फ्रेले ५३ वर्षीय बिमान चालकको सफल अवतरणको लागि प्रशंसा गरे। ३ जना मध्ये कसैलाई पनि चोटपटक नलागेको र यात्रुहरू घरसम्म जान पनि सक्षम भएको बताए।
“यो एक उत्कृष्ट नतिजा थियो, साँच्चै बिमानचालकले राम्रोसँग गरे,” हम्फ्रेले भने। इन्धन जलाउन विमान केही घण्टासम्म विमानस्थलको परिक्रमा गरिरहेको थियो ।
विमानलाई नियन्त्रण कक्षमा मार्गदर्शन गर्नेहरूले यो सुरक्षित रूपमा अवतरण भएको देख्दा ताली बजाएका थिए ,हम्फ्रेले भने।
विमान सिड्नीबाट करिब ४०० किलोमिटर (२४८ माइल) उत्तरमा रहेको न्यूक्यासलबाट पोर्ट म्याक्वेरीसम्म २६ मिनेटको उडान तय गरेको थियो।
प्रतिक्रिया