इजरायलद्वारा प्यालेस्टाईनलाई संयुक्त राष्ट्र संघको सदस्यताका लागि आह्वान गर्ने महासभाको प्रस्तावको निन्दा

इनेप्लिज २०८१ वैशाख २९ गते ११:०३ मा प्रकाशित

इजरायलले प्यालेस्टिनी सत्ता/नियोगलाई संयुक्त राष्ट्र संघको सदस्यताका लागि आह्वान गर्ने महासभाको प्रस्तावको निन्दा गरेको छ । इजरायली परराष्ट्र मन्त्रि इजरायल काट्जले संयुक्त राष्ट्र संघको महासचिवको समेत निन्दा गरेका छन् ।

परराष्ट्र मन्त्रीले प्रस्तावको पक्षमा मतदान नगर्ने देशहरूलाई धन्यवाद समेत दिए ।

यद्यपि हमासले शुक्रबार एक विज्ञप्तिमा प्रस्ताव पारित गरेकोमा स्वागत गरेको छ । संयुक्त राष्ट्र संघको महासभा (युएनजिए ) ले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई प्यालेस्टाइनको संयुक्त राष्ट्रको सदस्यतामा पुनर्विचार गर्न आह्वान गरेको प्रस्ताव गत शुक्रबार पारित भएको छ। जसको पक्षमा १४३ मत, विपक्षमा नौ र २५ मत मतदानमा भाग लिएनन् ।

प्रस्तावले सुरक्षा परिषदलाई “यस विषयमा अनुकूलताका साथ पुनर्विचार गर्न” आह्वान गरेको छ । प्यालेस्टिनी सत्तालाई संयुक्त राष्ट्र संघको सदस्यता प्रदान गर्न जोड दिएको छ । साथै प्यालेस्टाइन राज्य संयुक्त राष्ट्र संघको सदस्यताका लागि योग्य छ भनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया