उत्तर कोरियाद्वारा नयाँ बहु-प्रक्षेपास्त्र (मल्टिपल रकेट )यन्त्र परीक्षण , किम जोङ उनले गरे निरीक्षण

इनेप्लिज २०८१ वैशाख २९ गते १०:०२ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ बहु-प्रक्षेपास्त्र (मल्टिपल रकेट )प्रक्षेपण प्रणालीको परीक्षण निरीक्षण गरेका छन् जुन उत्तर कोरियाले यस वर्षदेखि आफ्नो सेनामा तैनाथ गर्ने योजना बनाएको छ । उत्तर कोरियाली संचार माध्यमका अनुसार आफ्नो हतियारहरूको पंक्तिलाई बलियो बनाउने कदमको हिस्सा हो।

उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी(समाचार सँस्था)ले शुक्रबारको परीक्षणले २४० मिलिमिटरको बहु-प्रक्षेपास्त्र यन्त्र (मल्टिपल रकेट लन्चर )र यसका निर्देशित गोलाहरूको “लाभ र विनाशकारी शक्ति” पुष्टि गरेको बताएको छ।

समाचार संस्थाका अनुसार उत्तरले यस वर्ष पहिले नै दुई पटक परीक्षण गरिसकेको उल्लेख गरेको छ । पुरानो हतियारहरू प्रतिस्थापन गर्न २०२४ देखि २०२६ सम्म लडाई एकाइहरूमा खटाइने जनाएको छ ।

हालैका महिनाहरूमा उत्तर कोरियाले हतियार परीक्षणमा तीव्र गति कायम राखेको छ र आफ्नो सैन्य क्षमता विस्तार गरि रहेको छ ।

उत्तर कोरियाले हालैका हप्ताहरूमा तोपखाना प्रणालीमा समेत ध्यान केन्द्रित गरेको एबिसीन्यूजले जनाएको छ । साथै उत्तरले यस वर्ष पनि विभिन्न क्रुज मिसाइल (पोतबिहार क्षेप्यास्त्र )परीक्षण र उडान-परीक्षण गरेको छ ।

शुक्रबारको परीक्षण पछि किमले २४० मिमी बहु प्रक्षेपास्त्र यन्त्र (मल्टिपल रकेट लन्चर )र तिनीहरूका निर्देशित गोलाहरूको उत्पादनलाई अधिकतम बनाउन निर्देशनहरू जारी गरेका छन् । उनले आफ्नो सेनाको लडाई क्षमतामा “महत्वपूर्ण परिवर्तन” ल्याउने बताएको उत्तर कोरियाली समाचार सँस्थाले बताएको छ ।

उत्तर कोरियाली तोपखाना प्रणालीहरू दक्षिण कोरियाको राजधानी क्षेत्रलाई लक्षित गर्न ढाचा गरिएको छ ।

अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाले युक्रेनमा आफ्नो युद्धलाई विस्तार गर्न रुसलाई तोपखाना गोला, क्षेप्यास्त्र र अन्य सैन्य उपकरण उपलब्ध गराएको आरोप लगाएका छन्।

प्रतिक्रिया