इनास यूरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागी नायक राहुल के सी पेरिस प्रस्थान

इनेप्लिज २०८१ वैशाख २७ गते ११:२२ मा प्रकाशित

यही में ११ र १२ मा फ्रान्सको पेरिसमा आयोजना हुन गै रहेको नवौ इनास यूरोप स्तरीय एकल नृत्य तथा छैठौ एकल गायन प्रतियोगितामा बिशेष अतिथिको रुपमा सहभागी हुन इनास अमेरिकाका अध्यक्ष नायक राहुल के सी आज अमेरिकाको वासिंटन डि. सी. स्थित डलस अन्तरराष्ट्रिय विमानस्थलबाट पेरिसका लागी प्रस्थान गर्नु भएको छ।

वहालाई मेरिल्याण्डको बाल्टीमोर जिल्ला ८ का सभासद तथा यू.एस.कॉंग्रेसका लागि मेरिल्याण्ड जिल्ला २ का डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मीदवार डा. ह्यारी भण्डारीले अग्रिम बिदाइ गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ।

त्यसै गरी इनास अमेरिकाका प्रवक्ता चलचित्र निर्देशक गोपालचन्द्र लामीछाने र इनास मेरिल्याण्डका अध्यक्ष, गायक तथा संगीतकर्मी लक्ष्मण पौडेल विमानस्थल सम्म गै बिदाइ गर्नु भएको छ।

प्रतिक्रिया