रफाहबाट झण्डै २० वटा क्षेप्यास्त्र इजरायल तर्फ प्रहार

इनेप्लिज २०८१ वैशाख २६ गते ११:०८ मा प्रकाशित

इजरायली रक्षा बल (आइडीएफ)ले मंगलबार रफाहबाट झण्डै २० वटा क्षेप्यास्त्रहरु प्रहार गरेको जनाएको छ ।

मङ्गलबार गाजाको रफाह क्षेत्रबाट दक्षिणी इजरायलको केरेम शालोम र रेइमतर्फ प्रक्षेपास्त्र प्रहार गरिएको इजरायल रक्षा बलले जनाएको छ।

आईडिएफका अनुसार केरेम शालोमतर्फ छवटा प्रक्षेपणहरू प्रहार गरिएको थियो।

केरेम शालोम नाका क्षेत्र तर्फ प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले गाजा भूभागमा मानवीय सहायताको प्रवेशलाई रोकिएको छ । केरेम शालोम पार-गमन पुन: खोल्नका लागि आवश्यक सुरक्षा अवस्थाहरू सक्षम पार्न आइडिएफले सञ्चालन जारी राख्ने आईडिएफले बताएको छ ।

गाजामा मानवीय सहायताका लागि मुख्य नाकाहरू मध्ये एक केरेम शालोम पार गमन नजिकै प्रक्षेपास्त्र (रकेट )आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएपछि आइतबार बन्द गरिएको थियो। यो बुधवार पुन: खोल्न लागिएको अमेरिकी विदेश विभागले जनाएको छ ।

आईडिएफले मङ्गलबारको सुरुमा रफाहबाट रेइममा १२ वटा प्रक्षेपणहरू हिचान गरिएको बताएको छ। आईडीएफले पाँचवटा प्रक्षेपणलाई सफलतापूर्वक रोकेको थियो भने अन्य बाँकी खुला क्षेत्रमा खसेको बताएको छ । आइडिएफले कुनै चोटपटकको खबर तथा सूचना नभएको जनाएको छ ।

एक घण्टा भन्दा कम समयमा आइएएफ विमानले इजरायल तर्फ आक्रमण गर्ने मार हान्ने उपकरणमा प्रहार गरेको छ ।

प्रतिक्रिया