इजरायली बख्तरबन्द गाडीहरु(ट्याङ्क)द्वारा रफाह सीमा नाका नियन्त्रणमा

इनेप्लिज २०८१ वैशाख २५ गते ११:०७ मा प्रकाशित

इजरायली बख्तरबन्द गाडी(ट्याङ्क)हरूले रफाह सीमा नाकालाई नियन्त्रणमा लिएको इजरायली रक्षा बलेले जनाएको छ ।

इजरायली बख्तरबन्द गाडी (ट्याङ्क)हरूले मङ्गलबार बिहान गाजाको रफाह सीमा नाकालाई नियन्त्रणमा लिएका छन् । सैन्य अधिकारीहरूले हमासलाई “आतंकवादी उद्देश्यका लागि” पार-गमन प्रयोग गरेको आरोप लगाए।

पूर्वी रफाहमा रहेको रफाह पार-गमनलाई आतङ्कवादी उद्देश्यका लागि प्रयोग गरिँदै आएको गुप्तचर सूचना पाए पछि आइडिएफका सेनाहरूले नियन्त्रण लिन सफल भएको इजरायल रक्षा बलका अधिकारीहरूले एक विज्ञप्तिमा भने।

आइतवार उक्त क्षेत्रबाट आक्रमण गरिए पछि ४ जना इजरायली सैनिकहरू मारिएको इजरायली सेनाले बताए । इजरायली सेनाले खिचेको र मंगलबार जारी गरिएको एउटा श्रब्यदृश्य (भिडियो) र तस्बिरले सीमामा धेरै इजरायली बख्तरबन्द (ट्याङ्क)हरू सञ्चालन गरेको देखाइएको छ।

रफाहमा रातभरिको हवाई हमलामा करिब २० जना आतंकवादी मारिएको र तीनवटा सुरुङहरू फेला परेको आईडिएफ अधिकारीहरूले भने।

विज्ञप्तिमा भनिएको छ, “आइडीएफको भूमि सेनाले पूर्वी रफाहको रफाह नाका क्षेत्रमा हमासका आतङ्ककारी कार्यकर्ताहरू र पूर्वाधारहरू विरुद्ध कारबाही जारी राखेको छ।”

प्रतिक्रिया